राजनीति / देश Wednesday, 12 Oct, 2022
Prestige Media

बुधबार राजनीतिक दल र स्वतन्त्रलाई चुनाव चिह्न दिँदै आयोग

अन्तिम नामावलीमा समावेश भएका प्रत्येक उम्मेदवारलाई त्यस्तो दलका लागि निर्धारण गरिएको चिन्ह निर्वाचन अधिकृतले प्रदान गर्ने

काठमाडौं– निर्वाचन आयोगले आगामी ४ मंसिरमा हुने प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनका लागि बुधबार दल÷स्वतन्त्र उम्मेदवारलाई चुनाव चिह्न वितरण गर्ने भएको छ ।निर्वाचन आयोगका अनुसार आइतबार उम्मेदवारी दिएका प्रतिनिधिले आज बिहान १० बजेदेखि १ बजेसम्म उम्मेदवारी फिर्ता लिन सक्नेछन् भने ३ बजेसम्म उम्मेदवारको अन्तिम नामावली प्रकाशन हुनेछ ।

त्यसपछि दल तथा स्वतन्त्र उम्मेदवारलाई चुनाव चिन्ह प्रदान गरिने आयोगले जनाएको छ ।उम्मेदवारको अन्तिम नामावलीमा समावेश भएका प्रत्येक उम्मेदवारलाई त्यस्तो दलका लागि निर्धारण गरिएको चिन्ह निर्वाचन अधिकृतले प्रदान गर्नेछन् ।

त्यस्तै, आयोगले कुनै उम्मेदवारलाई निर्वाचन चिन्ह प्रदान गरी सकेपछि त्यस्तो उम्मेदवारले आफ्नो दल त्याग गरे वा अर्को दलमा प्रवेश गरे निजलाई प्रदान गरिएको निर्वाचन चिन्ह परिवर्तन हुने छैन ।त्यस्तो उम्मेदवार निर्वाचित भए सम्बन्धित दलले प्रमाणसहित आयोगमा उजुरी दिएमा निजको सदस्यता खारेज हुनेछ । कुनै दलले निर्वाचनमा उम्मेदवार मनोनित नगरेको अवस्थामा समेत सो दललाई प्रदान गरिएको निर्वाचन चिन्ह अन्य उम्मेदवारलाई प्रदान गरिने छैन ।

निर्वाचन अधिकृतले स्वतन्त्र उम्मेदवारलाई निर्वाचन चिन्ह प्रदान गर्दा स्वतन्त्र उम्मेदवारले प्रयोग गर्ने गरी निर्धारण गरेका निर्वाचन चिन्हको समूहबाट चिन्ह प्रदान गर्नुपर्नेछ । निर्वाचन चिन्ह प्रदान गर्दा निर्वाचन अधिकृतले त्यस्तो उम्मेदवार वा निजको प्रतिनिधिलाई निर्वाचन चिन्ह रोज्न लगाई निजहरूको रोहवरमा निर्वाचन चिन्ह प्रदान गर्नुपर्नेछ।

तर निर्वाचन चिन्ह प्रदान गर्दा कुनै उम्मेदवार वा निजको प्रतिनिधि उपस्थित नभए उपस्थित उम्मेदवार वा निजको प्रतिनिधिले रोजेर बाँकी रहेको निर्वाचन चिन्हबाट निर्वाचन अधिकृतले निर्वाचन चिन्ह प्रदान गर्ने व्यवस्था छ ।

निर्वाचन चिन्ह रोज्न लगाउँदा एकभन्दा बढी उम्मेदवारले एउटै निर्वाचन चिन्ह रोजे त्यस्तो उम्मेदवारको नामको नेपाली वर्णानुक्रमको आधारमा प्राथमिकता दिई निर्वाचन चिन्ह प्रदान गर्नुपर्नेछ । उम्मेदवारलाई निर्वाचन चिन्ह प्रदान गरिसकेपछि निर्वाचन अधिकृतले एकीकृत निर्वाचन व्यवस्थापन सूचना प्रणालीमा प्रविष्ट गर्नेछन् ।

तपाईंको प्रतिकृया

सम्बन्धित समाचार

बुढीगण्डकी बाढीमा दुई सय घर बगे, ओत खोज्दै स्थानीय

चार दिनको वर्षाले सबभन्दा बढी क्षति कालीगण्डकी तटीय क्षेत्रमा

आइपिपीसँगको नयाँ सहमतिले प्राधिकरणलाई एक अर्बभन्दा बढी दायित्वको जोखिम

प्रधानमन्त्री बालेनले भारत र चीनका राजदूतसँग सोमबार एक्लाएक्लै भेटवार्ता गर्ने

बर्खामा विपी राजमार्ग अवरूद्ध भए आधा घन्टामै खुलाइने

रास्वपामा सभापतिको नीतिगत निर्देशन नमाने संसदीय दलको नेता स्वत: पदमुक्त हुने

बालेनलाई आङ्देम्बेले भने– तपाईंलाई प्रधानमन्त्री र संवैधानिक परिषद अध्यक्षको हैसियतमा म चिन्दिनँ

रास्वपाका निर्वाचित पदाधिकारी र केन्द्रीय सदस्यको शपथ आज

मलाई अपरिपक्वको आरोप लाग्थ्यो, तर अब छुट छैन– रवि लामिछाने

महामन्त्रीको दाबीबाट पछि हटे शिशिर

रास्वपाको केन्द्रीय सदस्यमा ८० जना महिला प्रतिस्पर्धी

मध्यरातपछि सुरू भयो रास्वपाको मतदान, अहिलेसम्म कतिले भोट हाले?

Most Read

‘मनिराम बा’ अब म्युजिक भिडियो निर्देशक (भिडियो सहित )

मोड्लिङमा भबिस्य खोज्दै सारा तामाङ

अब हाम्रो हैसियत अनुसार मन्त्रालय चाहिन्छ : प्रचण्ड

बिराज भट्टको कमव्याक जय पर्शुराम भोलि बाट नै चल्ने।

बारबाट थाहा पाउनु होस् तपाईको प्रेम सम्बन्ध को सँग राम्रो को सँग नराम्रो………….

बिष्णु माझी र रोशन गैरेको आवाजमा निकै मार्मिक लोक दोहोरी गीत सार्वजनिक (भिडियो सहित )

क्षेत्र बहादुर श्रेष्ठ अनिललाई राष्ट्रिय सभामा लैजाने प्रचण्डको प्रतिबद्धता

प्रचन्डको बुद्दी सात आठ बर्से बालिकाको जस्तै : ज्योतिसी पन्डित पुरुसोतम पौडेल (सुन्नुहोश )

स्थापना दिवस मनाउँदै नेपाल प्रहरी

हालसम्म आयोगले सोध्यो १५ स्पष्टीकरण

Tips Nepal Tv
  • rg
  • ap
  • prestige media

 

PMC TV NEPAL