राजनीति / देश Tuesday, 11 Oct, 2022
Prestige Media

कक्षा १२ को वार्षिक परीक्षा कार्यतालिका सार्वजनिक

कक्षा १२ को परीक्षा २०८० वैशाख दोस्रो साता र नतिजा साउन मसान्तभित्रै प्रकाशित हुने

काठमाडौं– राष्ट्रिय परीक्षा बोर्डले शैक्षिक सत्र २०७९÷८० को परीक्षासम्बन्धी वार्षिक कार्यतालिका सार्वजनिक गरेको छ । बोर्डले कक्षा १२ को परीक्षा २०८० वैशाख दोस्रो साता र नतिजा साउन मसान्तभित्रै प्रकाशित हुने कार्यतालिका सार्वजनिक गरेको हो ।

बोर्डका अनुसार कक्षा १२ को वार्षिक परीक्षा २०८० वैशाख दोस्रो सातादेखि र कक्षा ११ को आंशिक÷ग्रेड वृद्धि परीक्षा २०८० वैशाख तेस्रो सातादेखि सञ्चालन हुनेछ ।

यस्तै, कक्षा ११ को वार्षिक परीक्षा २०८० वैशाख अन्तिम सातादेखि सञ्चालन हुनेछ । कक्षा १२ को वार्षिक परीक्षाको नतिजा प्रकाशन भएको मितिले ४५ दिनभित्र सञ्चालन हुनेछ ।कक्षा १२ को वार्षिक परीक्षाको नतिजा २०८० साउन मसान्तभित्र प्रकाशन हुने र कक्षा ११ को (आंशिक÷ग्रेड वृद्धि)को भदौ मसान्तभित्र नतिजा प्रकाशन गरिनेछ । कक्षा १२ को ग्रेड वृद्धि (पूरक) परीक्षाको नतिजा परीक्षा सञ्चालन भएको मितिले ४५ दिनभित्र प्रकाशन हुने बोर्डले बताएको छ ।

कार्यतालिकाअनुसार कक्षा ११ मा भर्ना भएका विद्यार्थीका लागि २०७९ कात्तिक मसान्तभित्र रजिस्ट्रेसन आवेदन फाराम वितरण गरिनेछ । कक्षा ११ मा नयाँ भर्ना भएका विद्यार्थीको रजिस्ट्रेसन आवेदन फाराम १५ पुस २०७९ भित्र भरिसक्नुपर्ने, विलम्ब शुल्कसहित पुस मसान्तसम्म र विद्यालयले १५ माघभित्र सम्बन्धित कार्यालयमा बुझाउनुपर्नेछ ।

बोर्डका अनुसार कक्षा १२ मा अध्ययनरत विद्यार्थीको १ पुस २०७९ बाट सम्बन्धित विद्यालयलाई परीक्षा आवेदन फाराम वितरण गर्ने, १६ पुस २०७९ देखि १५ माघभित्र सम्बन्धित विद्यालय÷क्याम्पसले कक्षा ११ का आंशिक÷ग्रेड वृद्धि र कक्षा १२ को नियमित तथा आंशिक÷ग्रेड वृद्धि परीक्षार्थीको परीक्षा आवेदन फाराम भर्नुपर्ने, १६ माघदेखि माघ मसान्तसम्म सम्बन्धित विद्यालय÷क्याम्पसले विलम्ब शुल्कसहितको परीक्षा आवेदन भराउनुपर्नेछ ।

विद्यालय÷क्याम्पसले १५ फागुनसम्म बोर्डका सम्बन्धित कार्यालयमा परीक्षा आवेदन फाराम बुझाउनुपर्नेछ ।

तपाईंको प्रतिकृया

सम्बन्धित समाचार

बुढीगण्डकी बाढीमा दुई सय घर बगे, ओत खोज्दै स्थानीय

चार दिनको वर्षाले सबभन्दा बढी क्षति कालीगण्डकी तटीय क्षेत्रमा

आइपिपीसँगको नयाँ सहमतिले प्राधिकरणलाई एक अर्बभन्दा बढी दायित्वको जोखिम

प्रधानमन्त्री बालेनले भारत र चीनका राजदूतसँग सोमबार एक्लाएक्लै भेटवार्ता गर्ने

बर्खामा विपी राजमार्ग अवरूद्ध भए आधा घन्टामै खुलाइने

रास्वपामा सभापतिको नीतिगत निर्देशन नमाने संसदीय दलको नेता स्वत: पदमुक्त हुने

बालेनलाई आङ्देम्बेले भने– तपाईंलाई प्रधानमन्त्री र संवैधानिक परिषद अध्यक्षको हैसियतमा म चिन्दिनँ

रास्वपाका निर्वाचित पदाधिकारी र केन्द्रीय सदस्यको शपथ आज

मलाई अपरिपक्वको आरोप लाग्थ्यो, तर अब छुट छैन– रवि लामिछाने

महामन्त्रीको दाबीबाट पछि हटे शिशिर

रास्वपाको केन्द्रीय सदस्यमा ८० जना महिला प्रतिस्पर्धी

मध्यरातपछि सुरू भयो रास्वपाको मतदान, अहिलेसम्म कतिले भोट हाले?

Most Read

‘मनिराम बा’ अब म्युजिक भिडियो निर्देशक (भिडियो सहित )

मोड्लिङमा भबिस्य खोज्दै सारा तामाङ

अब हाम्रो हैसियत अनुसार मन्त्रालय चाहिन्छ : प्रचण्ड

बिराज भट्टको कमव्याक जय पर्शुराम भोलि बाट नै चल्ने।

बारबाट थाहा पाउनु होस् तपाईको प्रेम सम्बन्ध को सँग राम्रो को सँग नराम्रो………….

बिष्णु माझी र रोशन गैरेको आवाजमा निकै मार्मिक लोक दोहोरी गीत सार्वजनिक (भिडियो सहित )

क्षेत्र बहादुर श्रेष्ठ अनिललाई राष्ट्रिय सभामा लैजाने प्रचण्डको प्रतिबद्धता

प्रचन्डको बुद्दी सात आठ बर्से बालिकाको जस्तै : ज्योतिसी पन्डित पुरुसोतम पौडेल (सुन्नुहोश )

स्थापना दिवस मनाउँदै नेपाल प्रहरी

हालसम्म आयोगले सोध्यो १५ स्पष्टीकरण

Tips Nepal Tv
  • rg
  • ap
  • prestige media

 

PMC TV NEPAL