कला / साहित्य Friday, 30 Sep, 2022
Prestige Media

चलचित्रमा नयाँ पुस्ताको आकर्षण


फिल्म निर्माताले मुनाफा आर्जन गर्न थालेपछि चलचित्रमा नयाँ पुस्ताको उपस्थिति बढिरहेको हो

काठमाडौं– डेढ दशकअघि मात्र नेपाली चलचित्रमा अभिनेता राजेश हमाल, निखिल उप्रेती, विराज भट्टलगायत हावी हुन्थे । उनीहरुलाई पोस्टरमा देख्दा मात्र दर्शक हलसम्म पुग्थे । यद्यपि कथ्य शैली, मेकिङमा परिवर्तन आएसँगै नयाँपुस्ताले स्थान पाउँदै गएको छ ।निर्माताले मुनाफा आर्जन गर्न थालेपछि चलचित्रमा नयाँ पुस्ताको उपस्थिति बढिरहेको छ । अनमोल केसी, प्रदीप खड्का, धीरज मगरलगायत सर्वाधिक खोजिने अभिनेता बनेसँगै नयाँ पुस्ताले चलचित्रमा काम गर्ने इच्छा देखाएको पाइन्छ ।

व्यावसायिक रेकर्ड राख्न सफल फिल्म ‘कबड्डी ४ ः द फाइनल म्याच’ मार्फत गौमाया गुरुङले डेब्यु गरिन् । बेलायतमा बसोबास गर्ने अभिनेत्री गुरुङले कलाकारितामा आफ्नो भविष्य देखेर नै नेपाल आएर अभिनय गरेकी हुन् । उनले अभिनय गरेको ‘गोर्खा ः विनिथ द ब्रेभरी’ समेत प्रदर्शन भइसकेको छ ।

युट्युब र सामाजिक सञ्जालमा ट्राभल ब्लग बनाउने गुरुङ नोटिस भएपछि डेब्युको अवसर पाएकी हुन् ।उनी भन्छिन्, ‘नेपाली भाषा र संस्कृतिमा काम गर्दा आनन्द आउँछ । म नेपाली चलचित्रमै आफ्नो भविष्य देख्छु । अवसर आएसम्म सदुपयोग गर्नेछु ।’

भारतमा मोडलिङ गरिरहेकी श्रद्धा क्षेत्रीले ‘कृष्ण लीला’ मार्फत डेब्यु गरिन् । यस अगाडि ‘हृदय भरी’ नामक चलचित्रमा काम गरे पनि निर्माण पूरा नभएपछि उनले दोस्रो अवसर पाएकी हुन् । क्षेत्री भन्छिन्, ‘नेपाली चलचित्रमा काम गर्ने रहर थियो । यहाँ दर्शकमार्फत पाइने माया भिन्नै छ ।’
रंगमञ्चमा काम गरिरहेकी रेणु योगीले ‘प्रकाश’ मार्फत डेब्यु गरिन् । जुम्ली युवतीको भूमिकामा दर्शकले उनलाई स्वीकारे । ‘रंगमञ्चमा काम गरेपछि अडिसन दिएर चलचित्रमा अभिनय गरेकी हुँ । ठूलो पर्दाले मलाई थप अनुभव दिएको छ’, उनले भनिन् ।

यसैगरी ‘सम्हालिन्छ कहिले मन’ मार्फत सोनाम तोप्देन गायकबाट अभिनेता बने । कभर गीतमार्फत गायक बनेका तोप्देनले डेब्यु चलचित्रबाटै तारिफ पाए । उनी चलचित्र आफ्नो लागि नौलो अनुभव रहेको उल्लेख गर्दै गायन र अभिनयसँगै अगाडि बढाउने योजनामा छन् ।‘प्रेम गीत ३’ मार्फत अभिनेत्री क्रिस्टिना गुरुङले डेब्यु गरिन् । उनी अडिसनमार्फत छानिएकी हुन् । दसैंमा प्रदर्शन हुने चलचित्र ‘बाबरी’ बाट प्रसिद्ध कलाकार तृप्ति नाडकरका छोरा धीरजले डेब्यु गर्दै छन् । भारतमै रहेर केही टेलिशृंखलामा समेत काम गरिसकेका धीरज नेपाली दर्शकमार्फत पाइरहेको मायाले उत्साहित छन् ।

‘मैले नेपालमा पाएको माया अद्भुत छ । मेरो आमाझैँ मलाई पनि स्वीकार्नुहुन्छ भन्नेमा विश्वस्त छु । मैले इमानदार भएर काम गरेको छु’, उनले भने।‘दुई नम्बरी’ चलचित्रमार्फत भुटानी अभिनेत्री उगेन छोदेनले डेब्यु गर्दै छन् । ‘नेपाली कलाकारको सहयोगले डेब्यु राम्रो भयो । म आउँदो दिनमा पनि चलचित्रमा अभिनय गर्नेछु’ उनले भनिन् ।

तिहारमा प्रदर्शन हुन लागेको ‘महापुरुष’ चलचित्रमार्फत अरुण क्षेत्री र अञ्जना बराइली डेब्यु गर्दै छन् । दुवै जना अडिसन दिएर छानिएका हुन् । अरुणले ‘आइएम ट्वान्टी वान’ चलचित्रमा अभिनय गरिसकेका छन् भने अञ्जना मोडलिङ गरिरहेकी छन् ।

‘परदेशी २’ बाट गायक प्रकाश सपुत, ‘लन्डन टु पेरिस’बाट गरिमा शर्मा र निश्चल खड्का, ‘वर एन्ड वधु’ बाट विवेक कर्माचार्यलगायतले चलचित्रमा डेब्यु गर्दै छन् । मेकिङ शैलीमा परिवर्तन आएसँगै हलमा नयाँ पुस्ता दर्शक बनेर बढेझैँ चलचित्रमा पनि आकर्षण देखिन्छ । उनीहरु सम्बन्धित विधाको अध्ययन गरेर नै काम गरिरहेका छन् ।

उनीहरुको उपस्थिति सकारात्मक रहेको निर्देशक प्रदीप भट्टराई बताउँछन् ।उनी भन्छन्, ‘नयाँ पुस्ताले चलचित्रको विभिन्न विधामा रुचि देखाउनु र अध्यन गरेर आउनुले चलचित्रको भविष्य उज्वल रहेको संकेत गर्छ । उनीहरुको सक्रियतामा अझै परिवर्तन हुनेमा विश्वस्त छु । सफल र असफल जे हुँदा पनि निरन्तरता भने दिनुपर्छ ।’

तपाईंको प्रतिकृया

Most Read

‘मनिराम बा’ अब म्युजिक भिडियो निर्देशक (भिडियो सहित )

मोड्लिङमा भबिस्य खोज्दै सारा तामाङ

अब हाम्रो हैसियत अनुसार मन्त्रालय चाहिन्छ : प्रचण्ड

बिराज भट्टको कमव्याक जय पर्शुराम भोलि बाट नै चल्ने।

बारबाट थाहा पाउनु होस् तपाईको प्रेम सम्बन्ध को सँग राम्रो को सँग नराम्रो………….

बिष्णु माझी र रोशन गैरेको आवाजमा निकै मार्मिक लोक दोहोरी गीत सार्वजनिक (भिडियो सहित )

क्षेत्र बहादुर श्रेष्ठ अनिललाई राष्ट्रिय सभामा लैजाने प्रचण्डको प्रतिबद्धता

प्रचन्डको बुद्दी सात आठ बर्से बालिकाको जस्तै : ज्योतिसी पन्डित पुरुसोतम पौडेल (सुन्नुहोश )

स्थापना दिवस मनाउँदै नेपाल प्रहरी

हालसम्म आयोगले सोध्यो १५ स्पष्टीकरण

Tips Nepal Tv
  • rg
  • ap
  • prestige media

 

PMC TV NEPAL