१६५ संघीय निर्वाचन क्षेत्रमा खुलाइँदै निर्वाचन अधिकृतको कार्यालय
मुख्य निर्वाचन अधिकृत ७७, निर्वाचन अधिकृत ८८ जना र निर्वाचन अधिकारी ७७ सहित तोकेर निर्वाचन अधिकृतको कार्यालय खोल्न लागिएको हो
काठमाडौं– निर्वाचन आयोगले देशका १६५ वटै संघीय निर्वाचन क्षेत्रमा निर्वाचन अधिकृतको कार्यालय खोल्ने भएको छ ।
आयोगका अनुसार मुख्य निर्वाचन अधिकृत ७७, निर्वाचन अधिकृत ८८ जना र निर्वाचन अधिकारी ७७ सहित तोकेर निर्वाचन अधिकृतको कार्यालय खोल्न लागिएको हो ।
उनीहरुका लागि निर्वाचन व्यवस्थापन प्रशिक्षण बुधबारदेखि सुरु गरिएको पनि प्रमुख निर्वाचन आयुक्त थपलियाले बताए
आयोगले १५ देखि २० असोजसम्म १६५ वटै संघीय निर्वाचन अधिकृतका कार्यालय स्थापना गरिसक्नेछ ।
आगामी ४ मंसिरमा हुने प्रदेश तथा प्रतिनिधिसभा निर्वाचनका लागि समानुपातिकतर्फ मनोनयन दर्ता भइसकेको छ ।दलहरुले बुझाएको बन्दसूची मिलाएर आगामी १६ असोजमा अन्तिम विवरण टुंगो लगाइनेछ । प्रत्यक्षतर्फ आगामी २३ असोजमा मनोनयन दर्ता हुँदै छ ।







