राजनीति / देश
Wednesday, 28 Sep, 2022
सर्वोच्च अदालत दसैंभर ११ देखि ३ बजेसम्म खुल्ने
घटस्थापनादेखि २३ असोज कोजाग्रत पूर्णिमाका दिनसम्म बन्दी प्रत्यक्षीकरण रिट हेर्न अदालत खुल्ने भएको हो।
काठमाडौं– सर्वोच्च अदालत बडा दसैं २०७९ को बिदाको समय बिहान ११ देखि अपराह्न ३ बजेसम्म खुला रहने भएको छ ।
घटस्थापनादेखि २३ असोज कोजाग्रत पूर्णिमाका दिनसम्म बन्दी प्रत्यक्षीकरण रिट हेर्न उक्त समय अदालत खुला हुने सर्वोच्चका प्रवक्ता विमल पौडेलले जानकारी बताए ।
न्याय प्रशासन ऐन, २०७३ को दफा २६ बमोजिम उक्त अवधिमा पर्ने घटस्थापना, शनिबार र विजयादशमीका दिनबाहेक अन्य दिनमा बन्दी प्रत्यक्षीकरणको रिट निवेदन लिई सुनुवाइ हुनेछ ।







