मनास्लुमा हिउँपहिरो जाँदा १० जनाभन्दा बढी घाइते
चुमनुब्री गाउँपालिका–१ मनास्लु हिमालमा सोमबार मध्याह्न १२ बजे हिउँपहिरो खसेको हो
काठमाडौं– गोरखाको मनास्लु हिमालमा हिउँपहिरो जाँदा १० जनाभन्दा बढी घाइते भएका छन् ।चुमनुब्री गाउँपालिका–१ मनास्लु हिमालमा सोमबार मध्याह्न १२ बजे हिउँपहिरो खसेको थियो ।
अक्सिजनलगायत सामग्री पु¥याउन गएकाहरू हिउँपहिरोमा परेका छन् । घाइतेको उद्धारका लागि दुइटा हेलिकप्टर पठाइए पनि मौसम प्रतिकूल हुँदा मनास्लु आधार शिविरतर्फ हेलिकोप्टर जान सकेको छैन।
मनास्लु आरोहण गर्न यसपालि करिब ४ सयले अनुमति लिएका थिए । मनास्लुमा केही दिनदेखि हिउँपहिरो गइरहेको छ ।गोरखाका प्रमुख जिल्ला अधिकारी शंकरहरि आचार्यले हिउँ पहिरोमा परेकालाई उद्धारका लागि हेलिकप्टर सामागाउँ पुगेको तर मौसम प्रतिकूल भएकोले उद्धार गर्न नसकिएको बताए। ‘मौसम सफा भएपछि हेलिकोप्टरबाट उद्धार गर्छौं,’ उनले भने ।
चुमनुब्री गाउँपालिका १ का वडाध्यक्ष छेवाङ लामाले घाइतेमध्ये एक जनाको अवस्था गम्भीर रहेको खबर आएको बताए ।







