राजनीति / देश Sunday, 25 Sep, 2022
Prestige Media

सवारी दुर्घटना रोक्न ‘टाइम कार्ड’

गन्तव्य स्थलमा छिटो पुग्न तीव्र गतिमा सवारी चलाउने प्रवृत्तिलाई निरुत्साहन गर्न प्रहरी, यातायात व्यवस्था विभाग र यातायात व्यवसायीको समन्वयमा टाइम कार्ड लागू गरिन लागेको हो।

काठमाडौं– गृह मन्त्रालयले चाडपर्वमा हुने सवारी दुर्घटना रोक्न राजमार्गमा ‘टाइम कार्ड’ लागू गर्ने भएको छ । चाडपर्वका बेला दुर्घटना रोकथाम तथा यातायातको सहज व्यवस्थापनका लागि शुक्रबारको मन्त्रिपरिषद् बैठकले समिति स्थापना गर्ने निर्णय गरेको हो ।शनिबार गृह प्रवक्ता फणीन्द्रमणि पोखरेलको अध्यक्षतामा बसेको समितिको बैठकले ‘टाइम कार्ड’ लागू गर्ने निर्णय गरेको हो । समितिले विभिन्न १४ वटा निर्णय गरेको छ ।

गृह मन्त्रालयका अनुसार गन्तव्य स्थलमा छिटो पुग्न तीव्र गतिमा सवारी चलाउने प्रवृत्तिलाई निरुत्साहन गर्न नेपाल प्रहरी, यातायात व्यवस्था विभाग तथा यातायात व्यवसायीको समन्वयमा राजमार्गमा स्थान पहिचान गरी यस्तो कार्ड लागू गर्ने निर्णय गरिएको छ । यो समय यात्रुलाई सवारीसाधनको छतमा बसेर वा झुन्डिएर यात्रा गर्न नदिइने भएको छ ।

हरेक सार्वजनिक सवारीसाधनमा प्राथमिक उपचार किट राख्नुका साथै प्रहरी हटलाइन नम्बरलगायतका आवश्यक सूचना रहेको स्टिकर, दुर्घटना भएमा संकेत गर्ने वस्तु राख्नुपर्नेछ ।सवारीसाधन सेनिटाइज गर्नुपर्ने पनि समितिले निर्णय गरेको छ ।

चालकले अस्वाभाविक किसिमले सवारी चलाए उजुरी गर्न सम्पर्क फोन नम्बर सार्वजनिक गर्ने र त्यस्तो उजुरी सुनी तत्काल परिचालित हुन सबै प्रहरी युनिटलाई निर्देशन गर्ने निर्णय गरिएको छ ।

यातायात व्यवस्था विभागबाट ९ असोजदेखि मध्यम तथा लामो दूरीमा चल्ने सवारीसाधनको आधिकारिक बिक्रेता, ट्राफिक प्रहरी र यातायात व्यवसायीको समन्वयमा उपत्यकाका मुख्य स्थानमा यान्त्रिक परीक्षण गर्ने व्यवस्था मिलाएको छ । सवारीसाधनको सहज सञ्चालनका लागि यातायात व्यवसायी महासंघको तर्फबाट प्रत्येक प्रदेश र जिल्लामा सम्पर्क व्यक्ति (फोकल पर्सन) तोकी निजको टेलिफोन नम्बरसमेतको जानकारी नेपाल प्रहरीलाई उपलब्ध गराउनुपर्ने निर्णय समितिले गरेको छ ।

गृह मन्त्रालयले दिएको जानकारीअनुसार बिमा नभएका सवारीसाधन दुर्घटना भए क्षतिपूर्ति दिन कठिनाइ हुने तथा मेकानिकल परीक्षण नभएका सवारीसाधनको बीच बाटोमा यान्त्रिक समस्या देखिई दुर्घटना हुने तथा यात्रु अलपत्र पर्न सक्ने सम्भावना भएकाले बिमा नभएका र मेकानिकल परीक्षण नभएका सवारीसाधनलाई रुट परमिट नदिने व्यवस्था यातायात व्यवस्था विभाग र सम्बन्धित प्रदेश कार्यालयले मिलाउनुपर्ने निर्णय गरिएको छ ।

मादक पदार्थ र लागू पदार्थ प्रयोग गरी सवारी चलाउँदा दुर्घटनाको सम्भावना हुने भएकोले नियमित र आकस्मिक रूपमा नेपाल प्रहरीबाट जाँच गर्ने व्यवस्था मिलाउनुपर्ने निर्णय भएको छ ।

त्यसैगरी लागू पदार्थ प्रयोग गरेको सम्बन्धमा लागूऔषध नियन्त्रण ब्युरोको मातहतका कार्यालयबाट टेस्ट किट प्रयोग गरी जाँच गर्ने व्यवस्था मिलाउनुपर्ने, दुर्घटना न्यूनीकरणमा पूर्वसतर्कता अपनाउन प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा जिल्ला सुरक्षा समितिका पदाधिकारी, डिभिजन सडक कार्यालय, प्रदेश पूर्वाधार कार्यालय, यातायात व्यवस्था कार्यालय तथा यातायात व्यवसायी महासंघको प्रतिनिधित्वमा समिति गठन गरी आवश्यक कार्य गर्ने निर्णय गरिएको जनाइएको छ ।

सडकमा भएका खाल्डाखुल्डी पुर्न र सडकको आवश्यकतानुसार अवस्था सुधार गर्न डिभिजन सडक कार्यालय, प्रदेश र स्थानीय तहसँग समेत समन्वय गर्नुपर्नेछ ।

यसैगरी यातायात व्यवसायी महासंघको समन्वयमा विद्यमान रिफ्रेसमेन्ट सेन्टरलाई चालू हालतमा राख्ने व्यवस्था मिलाउनुपर्ने, दुर्घटना भई हवाई उद्धार गर्नुपर्ने भएमा यातायात व्यवसायी महासंघको समन्वयमा लागत बेहोर्ने गरी हवाई साधन परिचालन गर्ने निर्णय पनि गरेको छ ।
त्यसैगरी जिल्लास्थित बजार अनुगमन समितिमार्फत राजमार्गमा रहेका होटल, रेस्टुरेन्टको खानाको परीक्षण गर्ने, गुणस्तर परीक्षण कमजोर भएकाले समयमा सुधार नगरे कानुनअनुसार कारबाही गर्ने निर्णय पनि समितिको शनिबार बसेको बैठकले गरेको छ ।

बिग्रेका तथा तत्काल मर्मत गर्नुपर्ने सडकलाई सुचारु रूपले सञ्चालन गर्नका लागि सडक विभागले अन्तर्गतका निकाय र प्रदेश पूर्वाधार कार्यालयलाई अनुरोध गर्ने, लामो दूरीमा चल्ने सवारीसाधनमा दुईटा चालकको व्यवस्था कार्यान्वयन गर्न नेपाल प्रहरीबाट अनुगमन गर्ने र सो भएको नपाइए तत्काल कारबाही गर्ने भएको छ ।

त्यस्तै, बस व्यवसायीसमेतको समन्वयमा राजमार्गमा सवारीसाधनको अनुगमन गर्न तथा सवारी दुर्घटना भए तत्काल उद्धार गर्न मातहतका युनिटलाई निर्देशन गर्न नेपाल प्रहरी र सशस्त्र प्रहरी बल नेपाललाई निर्देशन दिने पनि निर्णय भएको गृह मन्त्रालयले जनाएको छ ।

तपाईंको प्रतिकृया

सम्बन्धित समाचार

बुढीगण्डकी बाढीमा दुई सय घर बगे, ओत खोज्दै स्थानीय

चार दिनको वर्षाले सबभन्दा बढी क्षति कालीगण्डकी तटीय क्षेत्रमा

आइपिपीसँगको नयाँ सहमतिले प्राधिकरणलाई एक अर्बभन्दा बढी दायित्वको जोखिम

प्रधानमन्त्री बालेनले भारत र चीनका राजदूतसँग सोमबार एक्लाएक्लै भेटवार्ता गर्ने

बर्खामा विपी राजमार्ग अवरूद्ध भए आधा घन्टामै खुलाइने

रास्वपामा सभापतिको नीतिगत निर्देशन नमाने संसदीय दलको नेता स्वत: पदमुक्त हुने

बालेनलाई आङ्देम्बेले भने– तपाईंलाई प्रधानमन्त्री र संवैधानिक परिषद अध्यक्षको हैसियतमा म चिन्दिनँ

रास्वपाका निर्वाचित पदाधिकारी र केन्द्रीय सदस्यको शपथ आज

मलाई अपरिपक्वको आरोप लाग्थ्यो, तर अब छुट छैन– रवि लामिछाने

महामन्त्रीको दाबीबाट पछि हटे शिशिर

रास्वपाको केन्द्रीय सदस्यमा ८० जना महिला प्रतिस्पर्धी

मध्यरातपछि सुरू भयो रास्वपाको मतदान, अहिलेसम्म कतिले भोट हाले?

Most Read

‘मनिराम बा’ अब म्युजिक भिडियो निर्देशक (भिडियो सहित )

मोड्लिङमा भबिस्य खोज्दै सारा तामाङ

अब हाम्रो हैसियत अनुसार मन्त्रालय चाहिन्छ : प्रचण्ड

बिराज भट्टको कमव्याक जय पर्शुराम भोलि बाट नै चल्ने।

बारबाट थाहा पाउनु होस् तपाईको प्रेम सम्बन्ध को सँग राम्रो को सँग नराम्रो………….

बिष्णु माझी र रोशन गैरेको आवाजमा निकै मार्मिक लोक दोहोरी गीत सार्वजनिक (भिडियो सहित )

क्षेत्र बहादुर श्रेष्ठ अनिललाई राष्ट्रिय सभामा लैजाने प्रचण्डको प्रतिबद्धता

प्रचन्डको बुद्दी सात आठ बर्से बालिकाको जस्तै : ज्योतिसी पन्डित पुरुसोतम पौडेल (सुन्नुहोश )

स्थापना दिवस मनाउँदै नेपाल प्रहरी

हालसम्म आयोगले सोध्यो १५ स्पष्टीकरण

Tips Nepal Tv
  • rg
  • ap
  • prestige media

 

PMC TV NEPAL