निर्वाचन आचारसंहिताबारे राजनीतिक दलसँग छलफल गर्दै आयोग
४ मंसिरमा हुने प्रतिनिधिसभा र प्रदेशसभा चुनावमा भाग लिने दलहरूलाई आयोगले आचारसंहिताबारे छलफल गर्न बोलाएको हो।
काठमाडौं– निर्वाचन आयोगले आचारसंहिताबारे आइतबार विभिन्न राजनीतिक दलसँग छलफल गर्दै छ ।छलफलका लागि विभिन्न राजनीतिक दलका पदाधिकारीलाई आयोगमा बोलाएको हो ।
४ मंसिरमा हुने प्रतिनिधिसभा र प्रदेशसभा चुनावमा भाग लिने दलहरूलाई आयोगले आचारसंहिताबारे छलफल गर्न बोलाएको हो।
आयोगले आचारसंहिताको प्रभावकारी कार्यान्वयनका लागि दलहरूसँग छलफल गर्न लागेको छ ।आयोगका अनुसार छलफलका लागि प्रधानमन्त्री, गृहमन्त्रीलगायत १२ वटा राजनीतिक दलका पदाधिकारीलाई बोलाइएको छ । प्रधानमन्त्री शेरबहादुर देउवा आयोग जाने÷नजाने अझै निश्चित छैन ।
आयोगले केही दिनमा आचारसंहिता लागू गर्ने तयारी गरेको छ । त्यसअघि दलहरूबाट प्रतिबद्धता लिन आयोगले छलफलका लागि बोलाएको हो ।गत वैशाखमा भएको स्थानीय तह चुनावका बेला पनि आयोगले दलहरूसँग आचारसंहिताबारे छलफल गरेको थियो ।







