राजनीति / देश Friday, 23 Sep, 2022
Prestige Media

आयोगले निर्वाचन आचारसंहितामा हस्ताक्षर गर्न प्रधानमन्त्रीसहितका नेता बोलाउने

आगामी चुनावमा सत्तारुढ, प्रतिपक्षी कुनै पनि राजनीतिक दलबाट आचारसंहिता उल्लंघन गर्न नपाइने सर्तसहितको प्रतिबद्धता–पत्रमा हस्ताक्षर गराइँदै

काठमाडौं– निर्वाचन आयोगले आगामी ४ मंसिरमा हुने प्रदेशसभा तथा प्रतिनिधिसभा चुनावका लागि निर्वाचन आचारसंहिता कार्यान्वयनमा लैजाने भएको छ । आयोगले प्रधानमन्त्री शेरबहादुर देउवासहित प्रमुख राजनीतिक दलका नेताहरूलाई आगामी आइतबार आचारसंहितामा हस्ताक्षर गर्न बोलाउने भएको छ ।

‘निर्वाचन आचारसंहिता लागू गर्नेबारे छलफल र प्रतिबद्धता जनाउन प्रधानमन्त्री र गृहमन्त्रीसँग आयोगले छलफल गर्दै छ। उहाँहरूलगायत अन्य पार्टीका नेतासँगको छलफलपछि आयोगले निर्णय गर्छ। सम्भवतः आइतबार प्रधानमन्त्रीको समय मिल्यो भने सोहीअनुसार अन्य दलका नेताहरूलाई पनि बोलाएर प्रतिबद्धता–पत्रमा हस्ताक्षर गरेर आचारसंहिता लागू भएको घोषणा गरिन्छ,’ आयोगले भनेको छ ।

निर्वाचनको मतदान मिति ५८ दिन बाँकी छ । आयोगका प्रवक्ता शालिग्राम पौडेलले निर्वाचन आचारसंहिता राजपत्रमा प्रकाशित भए पनि लागू हुन आयोगले निर्णय गर्नुपर्ने बताए । उनले भने, ‘आयोगले अहिलेसम्म आचारसंहिता लागू हुने मिति घोषणा गरिसकेको छैन ।’

विगतमा निर्वाचन आचारसंहिता लागू हुनेबारे एकरूपता भएको पाइँदैन । ‘विगतमा कहिले एक महिनाअघि, कहिले दुई महिनाअघि र कहिले निर्वाचन घोषणा भएकै मितिदेखि पनि लागू भएको उदाहरण छ’, प्रवक्ता पौडेलले भने ।

तपाईंको प्रतिकृया

सम्बन्धित समाचार

बुढीगण्डकी बाढीमा दुई सय घर बगे, ओत खोज्दै स्थानीय

चार दिनको वर्षाले सबभन्दा बढी क्षति कालीगण्डकी तटीय क्षेत्रमा

आइपिपीसँगको नयाँ सहमतिले प्राधिकरणलाई एक अर्बभन्दा बढी दायित्वको जोखिम

प्रधानमन्त्री बालेनले भारत र चीनका राजदूतसँग सोमबार एक्लाएक्लै भेटवार्ता गर्ने

बर्खामा विपी राजमार्ग अवरूद्ध भए आधा घन्टामै खुलाइने

रास्वपामा सभापतिको नीतिगत निर्देशन नमाने संसदीय दलको नेता स्वत: पदमुक्त हुने

बालेनलाई आङ्देम्बेले भने– तपाईंलाई प्रधानमन्त्री र संवैधानिक परिषद अध्यक्षको हैसियतमा म चिन्दिनँ

रास्वपाका निर्वाचित पदाधिकारी र केन्द्रीय सदस्यको शपथ आज

मलाई अपरिपक्वको आरोप लाग्थ्यो, तर अब छुट छैन– रवि लामिछाने

महामन्त्रीको दाबीबाट पछि हटे शिशिर

रास्वपाको केन्द्रीय सदस्यमा ८० जना महिला प्रतिस्पर्धी

मध्यरातपछि सुरू भयो रास्वपाको मतदान, अहिलेसम्म कतिले भोट हाले?

Most Read

‘मनिराम बा’ अब म्युजिक भिडियो निर्देशक (भिडियो सहित )

मोड्लिङमा भबिस्य खोज्दै सारा तामाङ

अब हाम्रो हैसियत अनुसार मन्त्रालय चाहिन्छ : प्रचण्ड

बिराज भट्टको कमव्याक जय पर्शुराम भोलि बाट नै चल्ने।

बारबाट थाहा पाउनु होस् तपाईको प्रेम सम्बन्ध को सँग राम्रो को सँग नराम्रो………….

बिष्णु माझी र रोशन गैरेको आवाजमा निकै मार्मिक लोक दोहोरी गीत सार्वजनिक (भिडियो सहित )

क्षेत्र बहादुर श्रेष्ठ अनिललाई राष्ट्रिय सभामा लैजाने प्रचण्डको प्रतिबद्धता

प्रचन्डको बुद्दी सात आठ बर्से बालिकाको जस्तै : ज्योतिसी पन्डित पुरुसोतम पौडेल (सुन्नुहोश )

स्थापना दिवस मनाउँदै नेपाल प्रहरी

हालसम्म आयोगले सोध्यो १५ स्पष्टीकरण

Tips Nepal Tv
  • rg
  • ap
  • prestige media

 

PMC TV NEPAL