राजनीति / देश
Thursday, 22 Sep, 2022
निर्वाचन आयोगले तोक्यो मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृत
आयोगले प्रतिनिधिसभातर्फ १६५ र प्रदेशसभातर्फ ३३० क्षेत्रका लागि निर्वाचन अधिकृत तोकेको हो।
काठमाडौं– निर्वाचन आयोगले ४ मंसिरमा हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृत नियुक्त गरेको छ । आयोगले ११ असोजदेखि लागु हुने गरी मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृत नियुक्ति गरेको हो ।
आयोगले प्रतिनिधिसभातर्फ १६५ र प्रदेशसभातर्फ ३३० क्षेत्रका लागि निर्वाचन अधिकृत तोकेको छ । आयोगले जिल्ला न्यायाधीशलाई मुख्य निर्वाचन अधिकृतको जिम्मेवारी दिएको छ।
मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृतलाई १२–१३ असोजमा निर्वाचनसम्बन्धी अभिमुखीकरणसमेत गरिने र यसबारे आयोगको वेबसाइटमा गई आवश्यक जानकारी लिन सकिनेछ ।







