आगामी निर्वाचनमा ३६ संस्थाले पाए पर्यवेक्षण अनुमति
दुई वटा अन्तर्राष्ट्रिय संस्थासमेत गरी ३६ संस्थालाई पर्यवेक्षण अनुमति दिइएको आयोगले बताएको हो।
काठमाडौं– निर्वाचन आयोगले ४ मंसिरमा हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा परीवेक्षण गर्न ३६ संस्थालाई अनुमति दिएको छ ।
दुई वटा अन्तर्राष्ट्रिय संस्थासमेत गरी ३६ संस्थालाई पर्यवेक्षण अनुमति दिइएको आयोगले बताएको छ । सार्क मानव अधिकार फाउन्डेसन र एसियन नेटवर्क फर फ्री इलेक्सनलाई निर्वाचन पर्यवेक्षण गर्न अनुमति दिइएको हो ।
निर्वाचन पर्यवेक्षण समिति नेपाल, मस्वसित नेपाल फोर एच, राष्ट्रिय निर्वाचन पर्यवेक्षण समिति नियोक, राष्ट्र निर्माण मञ्च नेपाल, नेपाल युवा परिषद्, राष्ट्रिय व्यावसायिक पहल, संकल्प–शान्ति न्याय र लोकतन्त्रका लागि समावेशी महिला सञ्जाल, डेमोक्रेसी रिसोर्स सेन्टर नेपाल, वमेन एक्टलगायतले अनुमति पाएको आयोगले जनाएको छ ।
न्यू भिजन नेपाल, युथ वकालत नेपाल, सुशासन महासंघ नेपाल, निर्वाचन पर्यवेक्षण सञ्जाल नेपाल, अंगालो जेष्ठ जीवन बहुमूल्य प्रतिष्ठान, जेष्ठ नागरिक सेवा केन्द्र, परिवर्तनका आधार युवा जनशक्ति मञ्च नेपाल, शान्तिका लागि साझा अभियान, नेपाल मानव अधिकार संगठन, नेत्रहीन युवा संघ नेपाल, अनौपचारिक क्षेत्र सेवा केन्द्र इन्सेक, गरिबीनिवारण तथा वातावरण संरक्षण नेपाललाई पनि निर्वाचन पर्यवेक्षण अनुमति आयोगले दिएको छ ।
नेपाल ¥यापिड एक्सन टिम, राष्ट्रिय युवा गैरसरकारी संस्था महासंघ, विश्वकीर्तिमानी समाज, महिला पुनस्र्थापना केन्द्र, सामाजिक परिचालन तथा चेतना अभिवृद्धि समूह नेपाल, सामूहिक अभियान, जनचेतना नेपाल, पूर्वन्यायाधीश फोरम नेपाल, राष्ट्रिय आदिवासी जनजाति महिला मञ्च, एक अर्थ नेपाल, बागेश्वरी असल शासन क्लब (बास), नेपाल जनप्रशासन संघ, आशा नेपालले चुनावमा परीवेक्षण गर्न आयोगबाट अनुमति पाएका छन् ।







