राजनीति / देश
Monday, 19 Sep, 2022
राष्ट्रिय जनमोर्चाले बुझायो समानुपातिक उम्मेदवारको बन्दसूची
जनमोर्चाले प्रदेश १ र मधेस प्रदेशमा उम्मेदवारको बन्दसूची पेस गरेन
काठमाडौं– राष्ट्रिय जनमोर्चाले निर्वाचन आयोगमा प्रतिनिधसभातर्फ समानुपातिक उम्मेदवारको बन्दसूची पेस गरेको छ । राष्ट्रिय जनमोर्चाका नेताहरुले सोमबार निर्वाचन आयोग पुगेर उम्मेदवारको बन्दसूची बुझाएका हुन् ।
जनमोर्चाले चौथो नम्बरमा बन्दसूची पेस गरेको हो । जनमोर्चाले प्रतिनिधिसभाका लागि ११० जनाको बन्दसूचीमा नाम पठाएको छ ।प्रदेशसभातर्फ सुदूरपश्चिम २१, कर्णाली १६, लुम्बिनी ३५, गण्डकी २४ बागमती २६, जनाको नाम बन्दसूचीमा पेस गरिएको पार्टी सचिव हिमलाल पुरीले बताए ।
जनमोर्चाले प्रदेश १ र मधेस प्रदेशमा भने उम्मेदवारको बन्दसूची पेस गरेन । आयोगको निर्वाचन कार्यतालिकाअनुसार २ र ३ असोजमा बन्दसूची पेस गर्ने कार्यक्रम छ । सोमबार समानुपातिक सांसदको बन्दसूची बुझाउने अन्तिम दिन हो ।







