धितोपत्र बोर्डले माग्यो नयाँ ब्रोकरका लागि आवेदन
बोर्डले आइतबार सार्वजनिक सूचनामार्फत ३० दिनभित्र अनुमतिपत्रका लागि आवेदन दिन आग्रह गरेको हो
काठमाडौं– नेपाल धितोपत्र बोर्डले धितोपत्र दलाल तथा धितोपत्र व्यापारीको अनुमतिपत्रका लागि आवेदन आह्वान गरेको छ ।
बोर्डले आइतबार सार्वजनिक सूचनामार्फत ३० दिनभित्र अनुमतिपत्रका लागि आवेदन दिन आग्रह गरेको हो ।
धितोपत्रसम्बन्धी ऐन, २०६३ र सो अन्तर्गत बनेका नियम तथा प्रचलित कानुनको अधीनमा रही धितोपत्र दलाल तथा धितोपत्र व्यापारीको रूपमा धितोपत्र व्यवसाय गर्न इच्छुक, धितोपत्रसम्बन्धी ऐन तथा नियमावलीबमोजिम योग्यता पुगेका संस्थाले अनुमतिपत्रका लागि आवेदन दिन पाइनेछ ।
धितोपत्रसम्बन्धी ऐन, २०६३ र सो अन्तर्गत बनेका नियम तथा प्रचलित कानुनको अधीनमा रही धितोपत्र दलाल तथा धितोपत्र व्यापारीको रूपमा धितोपत्र व्यवसाय गर्न इच्छुक, धितोपत्रसम्बन्धी ऐन तथा नियमावली बमोजिम योग्यता पुगेका संस्थाले ३० दिनभित्र आवश्यक कागजातसहित आवेदन दिनुपर्नेछ ।
निवेदन पेस गर्दा निवेदकको नाम, ठेगाना स्पष्ट खुल्ने गरी नेपाल धितोपत्र बोर्डलाई सम्बोधन गरी धितोपत्र व्यवसायी (धितोपत्र दलाल तथा धितोपत्र व्यापारी) नियमावली, २०६४ मा उल्लिखित कागजात तथा विवरण पेस गर्नुपर्नेछ ।







