राजनीति / देश Thursday, 8 Sep, 2022
Prestige Media

थपियो निर्माणाधीन बुटवल–नारायणगढ सडक खण्डको म्याद

एक वर्षका लागि सडक विस्तारको म्याद थपिएको हो।

काठमाडौं– राष्ट्रिय गौरवका आयोजनाअन्तर्गत निर्माणाधिन बुटवल—नारायणगढ सडक खण्डको काम समयमा पूरा हुन नसकेपछि पुनः म्याद थपिएको छ ।

एक वर्षका लागि सडक विस्तारको म्याद थपिएको हो । म्याद थप गरिएसँगै उक्त सडकखण्ड पूरा हुन अझै एक वर्षसम्म लाग्ने देखिएको छ । सडक नबन्दा पूर्व–पश्चिम भएर चल्ने सवारी साधन र यात्रुले सास्ती खेप्दै आएका छन् ।
नवलपरासी पश्चिममा पर्ने पुल र कल्भर्ट भने पूरा भएका छन । सम्झौताअनुसार गत साउन तेस्रो सातामा सम्पन्न हुनुपर्ने सडकको काम अहिलेसम्म १८ प्रतिशत मात्र भएको छ ।

गत २३ साउनदेखि लागू हुने गरी एक वर्ष लागि आयोजनाको म्याद थपिएको नारायणघाट–बुटवल सडक विस्तार आयोजनाका पश्चिम सेक्टरका प्रमुख प्रदीपराज शाक्यले जानकारी दिए । ४२ महिनाभित्र सम्पन्न गर्ने गरी उक्त सडक विस्तारका लागि २०७५ माघमा नेपाल सरकार र चीनको चाइना स्टेट कन्स्ट्रक्सन इन्जिनियरिङ कर्पोरेसनबीच सम्झौता भएको थियो ।

सम्झौताअनुसार २०७९ साउनभित्र निर्माण सम्पन्न गर्नुपर्ने थियो । समयमा काम नगर्ने निर्माण कम्पनीलाई कोभिड–१९ महामारीको कारण देखाउँदै म्याद थप गरिएको हो ।

काम गर्न नसकेपछि ठेक्का नै तोड्न दबाब बढेको थियो । २ प्याकेजमा विभाजन गरी सडक निर्माण हुँदै छ । गैंडाकोटदेखि दाउन्नेसम्मको ६४.५ किलोमिटर खण्डलाई प्याकेज १ र दाउन्नेदेखि बुटवलको ४८.५ किलोमिटर खण्डलाई प्याकेज २ निर्धारण गरेर काम भएको हो । विस्तार भइरहेको सडकको कुल लम्बाइ ११३ किलोमिटरको छ ।

सडक खण्डको ‘स्ट्यान्डर्ड’ चौडाइ चार लेन (२४ मिटर) हुनेछ । अन्य क्षेत्रमा सडकको कुल चौडाइ ‘मेडियन’सहित चार लेनको हुन्छ भने ग्रामीण र सहरी क्षेत्रमा चार लेनका साथै ‘सर्भिस ट्रयाक’समेत निर्माण गरिनेछ ।

‘मेडियन’को चौडाइ तीन मिटर हुनेछ । गैंडाकोट–दाउन्ने खण्डको सहरी क्षेत्र (१७.७ किमि)मा दुवैतर्फ ६ मिटरको ‘सर्भिस ट्रयाक’ पनि निर्माण भइरहेको छ । त्यसैगरी ग्रामीण क्षेत्र (४२.७ किमि) ‘सर्भिस ट्रयाक’बाहेक चार लेनको सडक निर्माण भइरहेको छ ।

दाउन्ने उकालो क्षेत्रको ४.१ किलोमिटरमा विस्तारपछि पनि यो राजमार्ग तीन लेनको मात्र हुनेछ । आयोजनाका अनुसार एसियाली विकास बैंक (एडीबी) ऋण सहयोगमा कुल १६ अर्ब ९९ करोड ५२ लाख रुपियाँ लागतमा राजमार्गको विस्तार भइरहेको छ । लागतको ८५ प्रतिशत रकम एडीबीले ऋण उपलब्ध गराएको छ भने बाँकी सरकारको लगानी छ ।

आयोजनाका अनुसार, गैंडाकोट–दाउन्ने सडक खण्डको लागत ९ अर्ब १३ करोड १८ लाख ९५ हजार र दाउन्ने–बुटवल खण्डको लागत ७ अर्ब ८६ करोड ३४ लाख रहेको छ । काम सुरु भएको चार वर्ष बितिसक्दा पनि सम्पन्न हुन नसकेपछि नारायणगढ–बुटवल सडक खण्डको फेरि म्याद थप गरिएको छ ।

तपाईंको प्रतिकृया

सम्बन्धित समाचार

बुढीगण्डकी बाढीमा दुई सय घर बगे, ओत खोज्दै स्थानीय

चार दिनको वर्षाले सबभन्दा बढी क्षति कालीगण्डकी तटीय क्षेत्रमा

आइपिपीसँगको नयाँ सहमतिले प्राधिकरणलाई एक अर्बभन्दा बढी दायित्वको जोखिम

प्रधानमन्त्री बालेनले भारत र चीनका राजदूतसँग सोमबार एक्लाएक्लै भेटवार्ता गर्ने

बर्खामा विपी राजमार्ग अवरूद्ध भए आधा घन्टामै खुलाइने

रास्वपामा सभापतिको नीतिगत निर्देशन नमाने संसदीय दलको नेता स्वत: पदमुक्त हुने

बालेनलाई आङ्देम्बेले भने– तपाईंलाई प्रधानमन्त्री र संवैधानिक परिषद अध्यक्षको हैसियतमा म चिन्दिनँ

रास्वपाका निर्वाचित पदाधिकारी र केन्द्रीय सदस्यको शपथ आज

मलाई अपरिपक्वको आरोप लाग्थ्यो, तर अब छुट छैन– रवि लामिछाने

महामन्त्रीको दाबीबाट पछि हटे शिशिर

रास्वपाको केन्द्रीय सदस्यमा ८० जना महिला प्रतिस्पर्धी

मध्यरातपछि सुरू भयो रास्वपाको मतदान, अहिलेसम्म कतिले भोट हाले?

Most Read

‘मनिराम बा’ अब म्युजिक भिडियो निर्देशक (भिडियो सहित )

मोड्लिङमा भबिस्य खोज्दै सारा तामाङ

अब हाम्रो हैसियत अनुसार मन्त्रालय चाहिन्छ : प्रचण्ड

बिराज भट्टको कमव्याक जय पर्शुराम भोलि बाट नै चल्ने।

बारबाट थाहा पाउनु होस् तपाईको प्रेम सम्बन्ध को सँग राम्रो को सँग नराम्रो………….

बिष्णु माझी र रोशन गैरेको आवाजमा निकै मार्मिक लोक दोहोरी गीत सार्वजनिक (भिडियो सहित )

क्षेत्र बहादुर श्रेष्ठ अनिललाई राष्ट्रिय सभामा लैजाने प्रचण्डको प्रतिबद्धता

प्रचन्डको बुद्दी सात आठ बर्से बालिकाको जस्तै : ज्योतिसी पन्डित पुरुसोतम पौडेल (सुन्नुहोश )

स्थापना दिवस मनाउँदै नेपाल प्रहरी

हालसम्म आयोगले सोध्यो १५ स्पष्टीकरण

Tips Nepal Tv
  • rg
  • ap
  • prestige media

 

PMC TV NEPAL