राजनीति / देश Friday, 2 Sep, 2022
Prestige Media

महिलाका निम्ति छुट्टै निर्वाचन क्षेत्र छुट्याउन माग

समानुपातिकमा ३३ प्रतिशत मात्रै नभई प्रत्यक्ष निर्वाचनमा महिला उम्मेदवारका निम्ति टिकट व्यवस्था गर्नुपर्ने राजनीतिक दलमा आबद्ध नेतृहरुको माग

काठमाडौं– विभिन्न राजनीतिक दलमा आबद्ध नेताहरूले आगामी ४ मंसिरमा हुने संघ र प्रदेशसभा निर्वाचनमा महिलाका निम्ति छुट्टै निर्वाचन क्षेत्र छुट्याउन माग गरेका छन् ।

दलित महिला केन्द्र नेपाल र माण्डवी नामक संस्थाले शुक्रबार राजधानीमा आयोजना गरेको ‘आगामी आमनिर्वाचनमा महिलाको अर्थपूर्ण सहभागितासम्बन्धी र राजनीतिक दलको भूमिका’ विषयक अन्तक्र्रियामा सहभागी दलका नेताहरूले समानुपातिकमा ३३ प्रतिशत मात्रै नभई प्रत्यक्ष निर्वाचनमा महिला उम्मेदवारका निम्ति टिकट व्यवस्था गर्नुपर्नेमा जोड दिएका हुन् ।

कांग्रेसका सचेतक मीन विश्वकर्माले प्रत्यक्ष निर्वाचनमा महिला सहभागिता बढाउन उनीहरूको नेतृत्व विकाससँगै राजनीतिक पार्टीले प्रस्ट नीतिगत व्यवस्था गरी त्यसको प्रभावकारी कार्यान्वयन गर्नुपर्ने धारणा राखे ।नेकपा माओवादी केन्द्रका स्थायी समिति सदस्य अमृता थापा मगरले प्रत्यक्ष निर्वाचनमा महिलाका निम्ति टिकट पाउनुपर्ने बाध्यकारी व्यवस्था गर्नुपर्ने बताइन् ।

नेकपा एकीकृत समाजवादीकी सचिव गोमा विष्टले निर्वाचनमा महिलालाई ३३ प्रतिशत छुट्टै निर्वाचन क्षेत्रको संवैधानिक व्यवस्था गर्नुपर्ने माग गरिन् ।

जनता समाजवादी पार्टीका सचेतक प्रमोद साहले आरक्षणका नाममा एउटै व्यक्तिले पटक–पटक आरक्षण पाउने गरेको र लक्षित वर्गले नपाएको भन्दै आपत्ति जनाए ।

नेकपा एमाले सांसद जयन्ती राईले निर्वाचन प्रणाली परिवर्तन गरी पूर्ण समानुपातिक लागू गर्नुपर्ने धारणा राखिन् ।

लित महिला केन्द्र नेपालका अध्यक्ष तथा संविधानसभा सदस्य दुलारी हरिजनले महिला र दलित समुदायको सवालमा ऐन, कानुन र संवैधानिक व्यवस्थाको प्रभावकारी कार्यान्वयन नभएको बताइन् ।

तपाईंको प्रतिकृया

सम्बन्धित समाचार

बुढीगण्डकी बाढीमा दुई सय घर बगे, ओत खोज्दै स्थानीय

चार दिनको वर्षाले सबभन्दा बढी क्षति कालीगण्डकी तटीय क्षेत्रमा

आइपिपीसँगको नयाँ सहमतिले प्राधिकरणलाई एक अर्बभन्दा बढी दायित्वको जोखिम

प्रधानमन्त्री बालेनले भारत र चीनका राजदूतसँग सोमबार एक्लाएक्लै भेटवार्ता गर्ने

बर्खामा विपी राजमार्ग अवरूद्ध भए आधा घन्टामै खुलाइने

रास्वपामा सभापतिको नीतिगत निर्देशन नमाने संसदीय दलको नेता स्वत: पदमुक्त हुने

बालेनलाई आङ्देम्बेले भने– तपाईंलाई प्रधानमन्त्री र संवैधानिक परिषद अध्यक्षको हैसियतमा म चिन्दिनँ

रास्वपाका निर्वाचित पदाधिकारी र केन्द्रीय सदस्यको शपथ आज

मलाई अपरिपक्वको आरोप लाग्थ्यो, तर अब छुट छैन– रवि लामिछाने

महामन्त्रीको दाबीबाट पछि हटे शिशिर

रास्वपाको केन्द्रीय सदस्यमा ८० जना महिला प्रतिस्पर्धी

मध्यरातपछि सुरू भयो रास्वपाको मतदान, अहिलेसम्म कतिले भोट हाले?

Most Read

‘मनिराम बा’ अब म्युजिक भिडियो निर्देशक (भिडियो सहित )

मोड्लिङमा भबिस्य खोज्दै सारा तामाङ

अब हाम्रो हैसियत अनुसार मन्त्रालय चाहिन्छ : प्रचण्ड

बिराज भट्टको कमव्याक जय पर्शुराम भोलि बाट नै चल्ने।

बारबाट थाहा पाउनु होस् तपाईको प्रेम सम्बन्ध को सँग राम्रो को सँग नराम्रो………….

बिष्णु माझी र रोशन गैरेको आवाजमा निकै मार्मिक लोक दोहोरी गीत सार्वजनिक (भिडियो सहित )

क्षेत्र बहादुर श्रेष्ठ अनिललाई राष्ट्रिय सभामा लैजाने प्रचण्डको प्रतिबद्धता

प्रचन्डको बुद्दी सात आठ बर्से बालिकाको जस्तै : ज्योतिसी पन्डित पुरुसोतम पौडेल (सुन्नुहोश )

स्थापना दिवस मनाउँदै नेपाल प्रहरी

हालसम्म आयोगले सोध्यो १५ स्पष्टीकरण

Tips Nepal Tv
  • rg
  • ap
  • prestige media

 

PMC TV NEPAL