राजनीति / देश
Friday, 2 Sep, 2022
पाल्पा–बुटवल सडक खण्डमा पुनः पहिरो
बिहीबार रातीदेखिको वर्षाले भासिएको सडकमा बनाइएको नयाँ डाइभर्सनमै पुनः पहिरो खसेको हो
पाल्पा– सिद्धार्थ राजमार्गअन्तर्गत पाल्पा–बुटवल सडक खण्डको तिनाउ गाउँपालिका–५ हिउँदेखोलामा पुनः पहिरो जाँदा सवारी साधन अवरुद्ध भएका छन् ।
बिहीबार रातीदेखिको वर्षाले भासिएको सडकमा बनाइएको नयाँ डाइभर्सनमै पुनः पहिरो खसेको हो । वर्षा भइरहेसँगै डाइभर्सन निर्माणको कामलाई तीव्रता दिन समस्या भइरहेको सडक डिभिजनका सूचना अधिकारी महेश्वर लम्सालले बताए ।
अविरल वर्षासँगै तल्लो भागमा भासिने र माथिल्लो भागबाट पहिरो खस्ने गरेको उनको भनाइ छ । पहिरो खस्ने र पानी पर्ने भएपछि साना सवारी साधनसमेत सञ्चालन हुन सकेका छैनन् ।







