कला / साहित्य
Thursday, 1 Sep, 2022
‘प्रेमगीत ३’को हिन्दी ट्रेलर रिलिज (भिडिओ)
आगामी असोज ७ गतेबाट नेपाल र भारतमा एकसाथ प्रदर्शनमा आउन लागेको फिल्म ‘प्रेमगीत ३’ को हिन्दी संस्करणको ट्रेलर रिलिज भएको छ ।जी म्युजिकको युट्युब च्यानलबाट बिहीबार सार्वजनिक हिन्दी संस्करणको ट्रेलरमा प्रेमलाई राज याेग र प्रेम याेगमध्ये एक रोज्नु पर्ने बाध्यता देखाइएको छ।
सन्तोष सेनको निर्माण तथा निर्देशनमा बनेको फिल्ममा प्रदीप खड्का, क्रिस्टिना गुरुङको साथमा मनिष राउत, सुनिल थापा, शिव श्रेष्ठ, माओत्से गुरुङ, पुस्कर कार्की, प्रेम पुरी, अनुभव रेग्मी, योगिशा खत्री, जीवन भट्टराई, लक्ष्मी बर्देवालगायत कलाकारको अभिनय छ।







