राजनीति / देश
Wednesday, 31 Aug, 2022
दाङमा चट्याङ लागेर २ महिलाको मृत्यु, १२ घाइते
घोराही उपमहानगरपालिका–१२ गुर गाउँमा मंगलबार बेलुकी चट्याङ लागेर दुई जनाको मृत्यु भएको दाङ प्रहरीद्वारा जानकारी
बुटवल– दाङमा चट्याङ लागेर दुई महिलाको मृत्यु भएको छ भने १२ घाइते भएका छन् ।
घोराही उपमहानगरपालिका–१२ गुर गाउँमा मंगलबार बेलुकी चट्याङ लागेर दुई जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ ।
मृतक र घाइतेको अझै नाम खुल्न नसकेको दाङका प्रहरी प्रवक्ता डीएसपी राजन गौतमले बताए ।‘दुई जनाको मृत्यु भन्ने जानकारी आएको छ । त्यहाँ जान गाडीबाट झरेर पनि ४ घन्टा हिँड्नुपर्छ। कसैसँग सम्पर्क भएको छैन’, उनले भने, ‘बिहान वडाध्यक्षलाई फोन आएको रहेछ । उहाँ पनि हाम्रो प्रहरीसँगै गइरहनुभएको छ । अझै डेढ घन्टा जतिमा पुगौंला भन्नुभएको छ ।’







