राजनीति / देश
Monday, 29 Aug, 2022
एमाले नेतालाई डाकियो शीतलनिवास
सोमबार दिउँसो कांग्रेस नेताहरूसँग छलफल गरेकी राष्ट्रपति भण्डारीले बेलुकी ५ बजे एमाले नेतालाई राष्ट्रपति कार्यालय बोलाएकी हुन्।
काठमाडौं–राष्ट्रपति विद्यादेवी भण्डारीले नेकपा एमालेका नेताहरूलाई छलफलका लागि शीतलनिवास बोलाएकी छन्। सोमबार दिउँसो ५ बजे राष्ट्रपति कार्यालयमा आउने गरी बोलाएको बताइएको छ ।
एमाले अध्यक्ष केपी ओली अस्वस्थ भएकाले उपाध्यक्ष सुवासचन्द्र नेम्वाङसहितका नेताहरू राष्ट्रपति कार्यालय जानेछन् ।
राष्ट्रपति भण्डारीले सोमबार नै कांग्रेसका नेताहरूसँग छलफल गरेकी छन््। छलफलको विषय नखुले पनि हाल राष्ट्रिय सभाको विधायन समितिमा रहेको नागरिकता विधेयकमाथि विचार गर्न बोलाएको हुन सक्ने नेताहरूले बताएका छन् ।







