Breaking News Thursday, 25 Aug, 2022
Prestige Media

जलविद्युत् आयोजना महँगो भए बिजुली बेच्न सकिन्न : घिसिङ

काठमाडौं– नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले सरकारले जलविद्युत् आयोजना निर्माण महँगो हुने गरी नीति बनाउन नहुने बताएका छन् । जलविद्युत् महँगो भए भारत र बंगलादेशमा बिजुली निर्यात गर्न नसकिने उनको भनाइ छ ।

प्रतिनिधिसभाअन्तर्गतको कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिले तनहुँ जलविद्युत् आयोजना र रहुगंगा जलविद्युत् आयोजनाबारे गरेको छलफलमा घिसिङले सरकारको नीति–नियमका कारण विद्युत् परियोजना महँगिँदै गएको बताए ।जलविद्युत् आयोजना निर्माण गर्दा प्राकृतिक स्रोत प्रयोग गर्न नपाउने, वनको जग्गा प्राप्तिमा अर्बौं रुपैयाँ आयोजनाले खर्च गर्नुपर्नेजस्ता कारणले आयोजनाको लागत बढिरहेको उनको धारणा छ ।

जलविद्युत् महँगो भए जनतालाई समेत असर पर्ने उनले बताए । बंगलादेशमा विद्युत् निर्यात गर्न भारतको भन्दा सस्तोमा विद्युत् दिन सक्नुपने उनको जिकिर छ ।‘तनहुँ जलविद्युत् ५० अर्बको परियोजना हो। यसमा करिब ३ अर्ब वन र सरकारी जग्गालाई तिर्नुप¥यो । त्यस्तै निजी जग्गाको अर्को ३ अर्ब गरी ६ अर्ब र सरकारकै जग्गाका लागि आयोजनाको ६ प्रतिशत लागत बढ्नु उचित होइन,’ उनले भने ।

उनले कालीगण्डकीको कुनै पनि स्रोत प्रयोग गर्न नपाए कालीगण्डकी करिडोरमा कुनै पनि परियोजना सस्तोमा बन्न नसक्ने दाबी गरे ।

तपाईंको प्रतिकृया

सम्बन्धित समाचार

एसियाली खेलकुद : कमजोरी बुझ्ने अवसर

चाडपर्वलाई ध्यानमा राख्दै पेट्रोलियम पदार्थको मूल्य यथावत्

देशभर मनसुनी र पश्चिमी वायुको आंशिक प्रभाव, आज यी ६ प्रदेशमा वर्षाको सम्भावना

२ करोडमा बनेको ‘हनुमान अंश’ले कमायो ४०० करोड

‘चामेका बासिन्दा कोही घरमा छैनन्, सरकारले वास्तै गरेको छैन’

चार दिनको वर्षाले सबभन्दा बढी क्षति कालीगण्डकी तटीय क्षेत्रमा

पहिरोका कारण पृथ्वी राजमार्गको कृष्णभिर र तिङग्राङखानीमा सडक अवरुद्ध

५२ बैंकका खाता प्रयोग गरी १ अर्ब ३ करोडको हुण्डी कारोबार, एक महिला पक्राउ

नेपाल जलवायुका सम्बन्धमा सबैले आफ्ना दायित्व पुरा गरुन् भन्ने चाहन्छ : प्रधानमन्त्री बालेन

‘अनलाइन गेम’ खेलाएको आरोपमा ४२ जना पक्राउ

रसुवा, नुवाकोट, धादिङ र गोरखाका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना

पत्रकारहरूलाई ओलीले भने- प्रश्न सोध्नुअघि अनुमति लिनुपर्छ

Most Read

‘मनिराम बा’ अब म्युजिक भिडियो निर्देशक (भिडियो सहित )

मोड्लिङमा भबिस्य खोज्दै सारा तामाङ

अब हाम्रो हैसियत अनुसार मन्त्रालय चाहिन्छ : प्रचण्ड

बिराज भट्टको कमव्याक जय पर्शुराम भोलि बाट नै चल्ने।

बारबाट थाहा पाउनु होस् तपाईको प्रेम सम्बन्ध को सँग राम्रो को सँग नराम्रो………….

बिष्णु माझी र रोशन गैरेको आवाजमा निकै मार्मिक लोक दोहोरी गीत सार्वजनिक (भिडियो सहित )

क्षेत्र बहादुर श्रेष्ठ अनिललाई राष्ट्रिय सभामा लैजाने प्रचण्डको प्रतिबद्धता

प्रचन्डको बुद्दी सात आठ बर्से बालिकाको जस्तै : ज्योतिसी पन्डित पुरुसोतम पौडेल (सुन्नुहोश )

स्थापना दिवस मनाउँदै नेपाल प्रहरी

हालसम्म आयोगले सोध्यो १५ स्पष्टीकरण

Tips Nepal Tv
  • rg
  • ap
  • prestige media

 

PMC TV NEPAL