आयोगले माग्यो समानुपातिक प्रणालीमा भाग लिन चाहने दलसँग निवेदन
काठमाडौं– निर्वाचन आयोगले आगामी प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि समानुपातिक प्रणालीतर्फ भाग लिन चाहने राजनीतिक दललाई निवेदन पेस गर्न आग्रह गरेको छ ।आयोगले बुधबार सूचना जारी गर्दै आगामी १०–१२ भदौसम्म कार्यालय समयभित्र मुख्य निर्वाचन अधिकृतको कार्यालय, बहादुर भवन, कान्तिपथ, काठमाडौंमा निवेदन आह्वान गरेको हो ।
आयोगले गत २२ देखि ३१ साउनसम्म निर्वाचन प्रयोजनका लागि दल दर्ता गर्न आह्वान गरेको थियो । उक्त अवधिमा निर्वाचनमा भाग लिन ८४ वटा दल दर्ता भएका थिए ।दर्तामध्ये १२ वटा दलले तालमेल गरेर निर्वाचनमा प्रतिस्पर्धा गर्न चार वटा समूह बनाएका छन् । दर्ता दलमध्ये समानुपातिकतर्फ भाग लिन चाहने दलले मुख्य निर्वाचन अधिकृतको कार्यालयमा निवेदन दिनुपर्नेछ ।
प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको समानुपातिकमा भाग लिन मुख्य निर्वाचन अधिकृतकै कार्यालयमा निवेदन दिनुपर्ने आयोगले जनाएको छ ।







