राजनीति / देश
Monday, 22 Aug, 2022
प्यूठानको कुडुलेमा जीप पल्टिँदा ९ जना घाइते
दाङ–प्यूठानको सरुमारानी गाउँपालिका–४ कुडुलेमा जीप दुर्घटना हुँदा ९ जना घाइते भएका छन् ।दाङको भालुवाङबाट प्युठानको बाग्दुलातर्फ जाँदै गरेको लु२ख ३५६९ नम्बरको जीप सरुमारानी गाउँपालिका–४ कुडुलेमा दुर्घटनामा परेको हो ।घाइतेमध्ये १ जनाको अवस्था गम्भीर र अन्य ८ जना घाइते भएको जिल्ला प्रहरी कार्यालय प्युठानले बताएको छ ।
घाइतेमध्ये ६ जनालाई उपचारका लागि बुटवल पठाइएको छ। बाँकी तीन जनाको प्युठानको साझा पोलिक्लिनमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।
ब्रेक फेल हुँदा अनियन्त्रित भई जीप दुर्घटनाग्रस्त भएको प्रहरीले बताएको छ । सडकबाट करिब २० मिटर तल खसेको जीपमा चालकसहित १४ सवार थिए ।







