राजनीति / देश
Sunday, 21 Aug, 2022
कमल थापाले गरे उपाध्यक्षसहित पाँच पदाधिकारी मनोनयन
काठमाडौं– राप्रपा नेपालका अध्यक्ष कमल थापाले पाँच जनालाई पदाधिकारीमा मनोनीत गरेका छन् ।राप्रपा नेपालको उपाध्यक्षमा संखुवासभाका दिलनाथ गिरी र ललितपुरका श्यामप्रसाद तिमिल्सिना मनोनीत भएका छन् । त्यस्तै, काठमाडौंका केशवराज श्रेष्ठलाई महामन्त्री चयन गरिएको छ ।
अध्यक्ष थापाले भक्तपुरका रामसुन्दर विष्ट र कपिलवस्तुका दिनेशचन्द्र गुप्तालाई सहायक महामन्त्री चयन गरेका छन् ।काठमाडौंकी अस्मिता सुवेदी सहायक प्रवक्ता मनोनीत भएकी छन् । राप्रपा नेपालको विधानअनुसार अध्यक्ष थापाले उनीहरूलाई मनोनीत गरेको प्रवक्ता सुरेश आचार्यले बताए ।







