राजनीति / देश Friday, 19 Aug, 2022
Prestige Media

त्रिविमा फेरि लाग्यो ताला

काठमाडौं– शैक्षिक उन्नयनमा मुलुककै जेठो त्रिभुवन विश्वविद्यालय राजनीतिक किचलो र लगातारको तालाबन्दीले थलिने क्रम अझै रोकिएको छैन ।परीक्षामा लापर्वाही गर्नेलाई कारबाही माग गर्दै विद्यार्थीले पुनः त्रिभुवन विश्वविद्यालयमा ताला लगाएका छन् । विद्यार्थीको तालाबन्दीका कारण विश्वविद्यालयको आर्थिक तथा प्रशासनिक काम प्रभावित भएको छ ।

पछिल्लो समय नेपाल विद्यार्थी संघको अगुवाइमा त्रिविका रजिस्ट्रार, मानविकी तथा सामाजिकशास्त्र, व्यवस्थापन संकायका डीन एवं केन्द्रीय लेखा र कर्मचारी प्रशासन महाशाखाको कार्यालयमा तालाबन्दी गरिएको हो ।गत २७ असारमा लगाइएका ताला खुलाउने विषयमा त्रिवि नेतृत्व र विद्यार्थीबीच संवाद भएको छैन । तालाबन्दीका कारण विश्वविद्यालयका कर्मचारीलाई तलब वितरण, बजेटअनुसार कार्यक्रम सञ्चालनका लागि अख्तियारी दिनेलगायतका काम प्रभावित भएका छन् ।यसअघि त्रिविका उपकुलपति, रजिस्ट्रार तथा शिक्षाध्यक्षको कार्यकक्षमा नेविसंघ र शिक्षकले १४० दिनसम्म तालाबन्दी गरेका थिए । उक्त तालाबन्दीमध्ये नेविसंघले गत २७ जेठ र आंशिक शिक्षकले २९ जेठमा ताला खुलाएका थिए ।

तालाबन्दीका कारण कार्यालय छिर्न नपाएपछि रजिस्ट्रार प्राध्यापक डा. पेशल दाहाल कहिले शिक्षाध्यक्षको कार्यालय र कहिले कार्यकारी परिषद्को कार्यालय गएर दैनिक सामान्य काम गर्दै आएका छन् । ताला लागेका अन्य कार्यालयका प्रमुखले पनि दैनिक कार्य सञ्चालन गर्न पाएका छैनन् ।
व्यवस्थापन संकायका डीन प्राध्यापक डा. कुसुम शाक्यले तालाबन्दीका कारण दैनिक प्रशासन सञ्चालन भए पनि खुलाउने विषयमा आन्दोलनकारीसँग छलफल नभएको बताए । उनले भने, ‘यो समस्या त्रिवि नेतृत्वबाटै समाधान हुनुपर्छ । ताला खुलाउने वा परीक्षामा अमर्यादित काम गर्नेलाई कारबाही गर्ने विषयमा मेरो कसैसँग पनि छलफल भएको छैन ।’
मानविकी तथा सामाजिक शास्त्र र व्यवस्थापन संकायको डिन कार्यालयले सञ्चालन गरेको स्नातक तथा स्नातकोत्तर तहको परीक्षाको प्रश्नपत्र निर्माणमा लापर्वाही गर्नेलाई कारबाही हुनुपर्ने माग विद्यार्थीको छ । यस सम्बन्धमा अध्ययन गर्न गठन भएका समितिको प्रतिवेदन सार्वजनिक गर्न पनि उनीहरूले माग राखेका छन् ।

यसअघि प्रश्नपत्र निर्माणमा लापर्वाही गर्ने प्राध्यापकलाई त्रिभुवन विश्वविद्यालयले तीन वर्षसम्म आंगिक क्याम्पसमा पढाउन प्रतिबन्ध लगाउने निर्णय गरेको थियो । त्यस्तै, यस्ता व्यक्तिलाई तीन वर्षसम्म विश्वविद्यालयको परीक्षासम्बन्धी कुनै पनि गतिविधिमा संलग्न हुन नदिने निर्णय पनि विश्वविद्यालय कार्यकारी परिषद्ले गरेको थियो ।

त्रिविले २२ असारमा सञ्चालन गरेको बीबीए छैटौं सेमेस्टरको अर्गनाइजेसन बिहेबिअर विषयको वार्षिक परीक्षामा मोर्डन नेपाल कलेजको प्रिबोर्डमा सोधिएको प्रश्न सोधिएको थियो । उक्त परीक्षा रद्द गरेर १ साउनमा अर्को परीक्षा सञ्चालन गरेको थियो ।

त्यस्तै बीबीए छैटौं सेमेस्टरकै नेप्लिज सोसाइटी एन्ड पोलिटिक्स विषयको परीक्षाको प्रश्नपत्रको शीर्षकमा सोही विषय राखे पनि प्रश्न सोसोलोजी फर बिजनेस विषयको सोधिएको थियो । बीबीए छैटौं सेमेस्टरकै नेप्लिज सोसाइटी एन्ड पोलिटिक्स विषयको प्रश्नपत्र निर्माणकर्ता शिक्षकले उक्त प्रश्नपत्र डीन कार्यालयको प्रश्नपत्र बैंकमै रहेको अवस्थामा नमुना प्रश्न भन्दै आफ्नो पाठ्यपुस्तकमा हुबहु समावेश गरेका थिए ।व्यवस्थापन संकायको परीक्षा सञ्चालनमा देखिएको समस्या तथा कमजोरीबारे अध्ययन गरेर सुझाव पेस गर्न २९ असारमा प्राध्यापक डा. भोजराज अर्यालको संयोजकत्वमा उच्चस्तरीय समिति गठन गरेको थियो तर उक्त समितिको काम–कारबाहीबारे त्रिविले केही जानकारी दिएको छैन ।

तपाईंको प्रतिकृया

सम्बन्धित समाचार

बुढीगण्डकी बाढीमा दुई सय घर बगे, ओत खोज्दै स्थानीय

चार दिनको वर्षाले सबभन्दा बढी क्षति कालीगण्डकी तटीय क्षेत्रमा

आइपिपीसँगको नयाँ सहमतिले प्राधिकरणलाई एक अर्बभन्दा बढी दायित्वको जोखिम

प्रधानमन्त्री बालेनले भारत र चीनका राजदूतसँग सोमबार एक्लाएक्लै भेटवार्ता गर्ने

बर्खामा विपी राजमार्ग अवरूद्ध भए आधा घन्टामै खुलाइने

रास्वपामा सभापतिको नीतिगत निर्देशन नमाने संसदीय दलको नेता स्वत: पदमुक्त हुने

बालेनलाई आङ्देम्बेले भने– तपाईंलाई प्रधानमन्त्री र संवैधानिक परिषद अध्यक्षको हैसियतमा म चिन्दिनँ

रास्वपाका निर्वाचित पदाधिकारी र केन्द्रीय सदस्यको शपथ आज

मलाई अपरिपक्वको आरोप लाग्थ्यो, तर अब छुट छैन– रवि लामिछाने

महामन्त्रीको दाबीबाट पछि हटे शिशिर

रास्वपाको केन्द्रीय सदस्यमा ८० जना महिला प्रतिस्पर्धी

मध्यरातपछि सुरू भयो रास्वपाको मतदान, अहिलेसम्म कतिले भोट हाले?

Most Read

‘मनिराम बा’ अब म्युजिक भिडियो निर्देशक (भिडियो सहित )

मोड्लिङमा भबिस्य खोज्दै सारा तामाङ

अब हाम्रो हैसियत अनुसार मन्त्रालय चाहिन्छ : प्रचण्ड

बिराज भट्टको कमव्याक जय पर्शुराम भोलि बाट नै चल्ने।

बारबाट थाहा पाउनु होस् तपाईको प्रेम सम्बन्ध को सँग राम्रो को सँग नराम्रो………….

बिष्णु माझी र रोशन गैरेको आवाजमा निकै मार्मिक लोक दोहोरी गीत सार्वजनिक (भिडियो सहित )

क्षेत्र बहादुर श्रेष्ठ अनिललाई राष्ट्रिय सभामा लैजाने प्रचण्डको प्रतिबद्धता

प्रचन्डको बुद्दी सात आठ बर्से बालिकाको जस्तै : ज्योतिसी पन्डित पुरुसोतम पौडेल (सुन्नुहोश )

स्थापना दिवस मनाउँदै नेपाल प्रहरी

हालसम्म आयोगले सोध्यो १५ स्पष्टीकरण

Tips Nepal Tv
  • rg
  • ap
  • prestige media

 

PMC TV NEPAL