राजनीति / देश
Thursday, 18 Aug, 2022
कलंकीको खसीबजार हटाउन महानगरको निर्देशन
काठमाडौं–काठमाडौं महानगरले कलंकीमा रहेको खसीबजार १५ दिनभित्र हटाउन निर्देशन दिएको छ ।वडा नम्बर १४ मा पर्ने बल्खु खोलामा जोडिएको करिब ७ रोपनी ८ आना जग्गामा रहेको खसीबजार हटाउन महानगरले सूचना जारी गर्दै निर्देशन दिएको हो ।
खसी बजारका कारण नदी प्रदूषण भएको, छरछिमेकलाई बाधा परेको र फोहोरमैलाका कारण वातावरणमा गम्भीर असर परेको उजुरी आएपछि खसीबजार हटाउन निर्देशन दिइएको महानगरले जनाएको छ ।स्थानीयले सामूहिक रूपमा निवेदन दिँदै खसीबजार हटाइदिन महानगरसँग माग गरेका थिए ।
व्यवसायीलाई खसीबजारको वैकल्पिक व्यवस्था गर्न महानगरले आग्रह गरेको छ । निर्देशन अटेरी गरे कानुन अनुसार कारबाही गरिने महानगरको चेतावनी छ ।







