राजनीति / देश
Thursday, 18 Aug, 2022
अस्पताल भर्ना भइन् हिमानी
काठमाडौं– पूर्वयुवराज्ञी हिमानी शाह घाँटी दुख्ने समस्या भएपछि मेडिसिटी अस्पताल भर्ना भएकी छन् ।
गत २४ साउनमा हिमानी ट्रस्टको कार्यक्रमका लागि अस्ट्रेलिया गएकी उनलाई सञ्चो नभएपछि बुधबार नेपाल फर्किएकी थिइन् ।स्वास्थ्यमा थप सुधार नभएपछि उनी बुधबार मेडिसिटी अस्पतालको ईएनटी डिपार्टमेन्टमा भर्ना भएको पूर्वराजा ज्ञानेन्द्र शाहका स्वकीय सचिव फणिराज पाठकले बताए ।







