राजनीति / देश
Sunday, 5 Jun, 2022
गृहमन्त्रीको निर्देशन:रोहिणी बस दुर्घटनाका घाइतेको उपचार व्यवस्था मिलाउनु
जनकपुरबाट भैरहवा जाँदै गरेको यात्रुबाहक बस दुर्घटनामा घाइते भएकाहरूको उपचार व्यवस्था मिलाउन गृहमन्त्री बालकृष्ण खाणले निर्देशन दिएका छन्।उनले घाइतेको शीघ्र स्वास्थ्योपचार गर्न कुनै कसुर बाँकी नराख्न स्थानीय प्रशासनलाई निर्देशन दिएको गृह मन्त्रालयले जनाएको छ।
रुपन्देहीका प्रमुख जिल्ला अधिकारी ऋषिराम तिवारी, लुम्बिनी प्रदेश प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक नलप्रसाद उपाध्याय, रुपन्देही प्रहरी प्रमुख प्रहरी उपरीक्षक रवीन्द्र रेग्मीलाई टेलिफोन गरी घाइतेहरूलाई तत्काल अस्पत्ताल पुर्याएर उपचारको व्यवस्था गर्न गृहमन्त्रीले निर्देशन दिएका हुन्।

आज बिहान चार बजेर ४५ मिनेट जाँदा रोहीणी गाउँपालिका ३ मा पर्ने भैरहवा परासी हुलाकी सडकखण्डको रोहीणी नदी पुलबाट यात्रुबहाक बस नदीमा खसेको थियो।







