राजनीति / देश
Friday, 3 Jun, 2022
त्रिभुवन विश्वविद्यालयले गर्यो प्रश्नपत्रमा लापरबाही,पोहोर र यसपालिकाे प्रश्न हुबहु
त्रिभुवन विश्वविद्यालयले अर्थशास्त्र स्नातकोत्तर तह तेस्रो सेमेष्टरको पब्लिक इकोनोमिक्सको प्रश्नपत्रमा लापरबाही गरेको पाइएको छ ।
मानविकी संकायअन्तर्गत डिन कार्यालयले पोहोर र यसपाली हुबहु प्रश्न साधेको छ । बुधबार लिएको ‘पब्लिक इकोनोमिक्स’ को परीक्षामा त्रिविले पोहोरकै प्रश्नपत्र दोहोर्याएको छ ।
६० पूर्णाङ्कको परीक्षामा दुई खण्डमा सोधिएका १३ वटा प्रश्न हुन्छन् । ती सबै प्रश्न पोहोर सालका प्रश्नसँग हुबहु मिलेको छ ।








