राजनीति / देश
Wednesday, 1 Jun, 2022
वीरगञ्जमा चिनी मिल सञ्चालन भए सरकारलाई घर पास गरीदिने सांसद श्रीवास्तवको घोषणा
लोकतान्त्रिक समाजवादी पार्टी, नेपालका सांसद बिमल प्रसाद श्रीवास्तवले बजेट वक्तव्यमा उल्लेख भए अनुसार वीरगञ्जमा चिनी मिल सञ्चालन भए आफ्नो नामको एउटा घर सरकारको नाममा पास गरिदिने घोषणा गरेका छन् ।
बुधबारको प्रतिनिधि सभा बैठकमा बोल्दै सांसद श्रीवास्तवले बजेटमा कृषि औजार कारखाना र चिनी मिल सञ्चालन गर्ने उद्घोष हुनु स्वागतयोग्य भएको बताए । आगामी आर्थिक वर्ष भित्र वीरगञ्जमा कृषि औजार कारखाना र चिनी मिल सञ्चालन भएमा आफ्नो नाममा रहेको एउटा घर सरकारको नाममा पास गरिदिने घोषणा गरेका हुन् ।








