प्रचण्डको आशंका : कांग्रेस पनि अहंकारी हुने त होइन !
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले स्थानीय तहको चुनावमा पाएको सफलतासँगै नेपाली काँग्रेस पनि एमाले जस्तै अहंकारी हुने त होइन भनेर आशंका व्यक्त गरेका छन् ।

बुधबार काठमाडौंको कमलपोखरीस्थित कुमारीहलमा माओवादीबाट उम्मेदवार भई निर्वाचित भएका जनप्रतिनिधिहरूलाई प्रशिक्षण दिने क्रममा प्रचण्डलेचिन्ता व्यक्त गरेका हुन्।आफूहरु कांग्रेस नेतृत्वको गठबन्धनलाई निरन्तरता दिने पक्षमा रहेको, तर २०७४ को चुनावपछि एमालेले झै दम्भ, कांग्रेसले देखाए विद्रोह गर्नुको विकल्प नहुने उनले बताए ।
उनले एमालेसँग पनि गठबन्धन र पार्टी एकता राम्रो उद्देश्यका लागि गरिएको भएपनि केपी ओलीको अहंकारले त्यो नटिकेको बताए ।
‘अहिले काँग्रेस पनि त्यस्तै होला कि भन्ने डर पैदा भएको छ’ अध्यक्ष प्रचण्डले भने, ‘हामीले मेहनत गरेरै प्रधानमन्त्री बनायौ ।’
‘हामीले प्रधानमन्त्री बनायौ, मेहनत गरेरै बनाएको हो । उहाँ अहिले पनि भैराख्नुस् भन्ने छ । हाम्रो अर्थोक केही छैन, गठबन्धनलाई लाने नै भन्ने छ’, प्रचण्डले भने, ‘हामी चिन्तित छौ यतिबेला । फेरि काँग्रेस पनि एमाले जस्तै अहंकार र दम्भ चुलिएर माओवादी केही होइन, स्थानीयमा पनि घेरा लाइयो अब प्रदेश र संघको चुनावमा पनि लाउने भन्यो भने एमालेलाई ठेगान लाएजस्तै काँग्रेसलाई पनि लगाउने दिन नआओस् भन्नेछ ।’








