राजनीति / देश
Sunday, 22 May, 2022
महोत्तरीको भँगाहको मेयरमा लोसपा र उपमेयरमा कांग्रेसको जित

८ जेठ, काठमाडौं । भँगाहा नगरपालिका, महोत्तरीको प्रमुखमा लोसपा र उपप्रमुखमा नेपाली कांग्रेसका उम्मेदवार विजयी भएका छन् ।प्रमुख पदमा लोसपाका सञ्जीव कुमार साह ५ हजार ६१७ मतसहित विजयी हुँदा उनका निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका विजय मण्डलले ५ हजार ३५४ मत पाए ।यसैगरी उपप्रमुखमा नेपाली कांग्रेसकी शान्ति कुमारी सिंह विजयी भइन् । उनले ५ हजार ७७५ मत पाउँदा लोसपाकी गंगाकुमारी सिंह दनुवारले ५ हजार ३५५ मत पाइन् ।







