अर्थ बाणिज्य / समाज
Monday, 22 Mar, 2021
धुर्मस-सुन्तली फाउण्डेशनले निर्माण गरिरहेको रंगशालालाईआर्थिक सहयोग जुटाउन मेची-महाकाली अभियान सुरु गरिने
धुर्मस-सुन्तली फाउण्डेशनले निर्माण गरिरहेको रंगशालालाईआर्थिक सहयोग जुटाउन मेची-महाकाली अभियान सुरु गरिने भएको छ ।चितवनको भरतपुरमा निर्माण भैरहेको गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माणमा आर्थिक समस्या पर्दै गएपछि अभियान सुरु गर्न लागिएको हो ।

चैत्र १० गते पश्चिमको कन्चनपुरबाट अभियानको शुभारम्भ गर्न लागिएको धुर्मस सुन्तली फाउण्डेशनका अध्यक्ष सिताराम कट्टेल धुर्मसले जानकारी दिए । महाकाली नदीको किनारबाट सुरु हुने यो अभियान कन्चनपुर, कैलाली, बर्दिया, बाँके, दाङ, सुर्खेत, कपिलवस्तु, रुपन्देही, परासी, नवलपुर र चितवनसम्म आउने छ ।







