अर्थ बाणिज्य / समाज Wednesday, 26 Aug, 2020
Prestige Media

बैंकको ब्याजदर ४ वर्षयताकै सस्तो

कोरोना महामारीका कारण आर्थिक गतिविधि ठप्प भएसँगै बैंकिङ क्षेत्रमा अधिक तरलता थपिएपछि चार वर्षयताकै ब्याजदर सस्तो भएको छ ।
राष्ट्र बैंकका अनुसार अहिलेको ब्याजदर विगत चार वर्षयताकै सस्तो हो । निक्षेप तथा कर्जा दुवैको ब्याजदर घटेको छ । बैंकहरुको आधारदर नै अहिले चार वर्षयताकै न्यून छ ।
०७४ असार मसान्तसम्म निक्षेपकर्ताले ६.१५ प्रतिशत ब्याजदर पाउँथे । त्यसपछिको पछिल्ला २ वर्षमा ब्याजदरमा केही बढोत्तरी भए पनि अहिले आएर घटेको छ ।
०७५ मा बैंकहरु ब्याजदर प्रतिस्पर्धामा आक्रामक रूपमा उत्रिएका थिए । बढाबढ गरेर ब्याजदर दिने प्रतिस्पर्धाले बंैकिङ क्षेत्रमै अस्वस्थ प्रतिस्पर्धा बढाएको थियो । केही बैंकले त निक्षेपमै १३ प्रतिशतसम्म ब्याज दिएका थिए ।
तर, ब्याजदर बढाए पनि नयाँ निक्षेप नआएको र बैंकहरुकै निक्षेप खोसाखोस भएपछि बैंकहरु सहमतिमा आउन बाध्य भएका थिए ।
बैंकरहरुबीचको सहमति उल्लंघन गर्दै केही बैंकहरुले ब्याजदर पनि बढाएका थिए । ब्याज बढी दिने बैंकसँग अन्य बैंकले अन्तरबैंक कारोबार नगर्ने चेतावनी दिएपछि ब्याज बढी दिने प्रतिस्पर्धाबाट हटेका थिए । बैंकले बढी ब्याज दिएपछि भने ग्राहकले आकर्षक सुविधा पाउन सक्थे ।
०७५ र ०७६ मा भएको अस्थिर ब्याजदर प्रतिस्पर्धा अहिले अन्त्य भएको छ । बैंकमा लगानीयोग्य रकम (तरलता) थुप्रिएपछि आफूसँग भएको रकम कहाँ लगानी गर्ने भन्नेमा चिन्ता थपिएको छ ।
बैंकर्स एसोसिएसनका अध्यक्ष भुवन दाहाल नयाँ कर्जाको माग नै कम भएको र लगानी माग आए आफूहरू लगानी विस्तार गर्न तयार भएको बताउँछन् । अहिले बैंकमा पैसा फालाफाल भएपछि ब्याजदर घटाउने प्रतिस्पर्धा छ । असार मसान्तसम्म बैंकिङ प्रणालीमा २ खर्बभन्दा बढी तरलता छ ।
तर कोरोनाका कारण भएको लकडाउनले व्यापार व्यवसाय बन्द हुँदा ऋणको ब्याजदर सस्तो भए पनि ऋणको माग भने निकै न्यून रहेको बैंकरहरुले बताउँदै आएका छन् ।
०७४ मा कर्जाको ब्याजदर ११.३३ प्रतिशत थियो । त्यसको एक वर्षपछि बढेर १२.४७ प्रतिशत भयो । तर फेरि केही घटेको कर्जाको ब्याजदर अहिले भने निकै घटेको छ ।
बैंकहरुको बेस रेट पनि चार वर्ष यताकै न्यून छ । बेस रेट कम हुनु भनेको ऋणीलाई कर्जाको ब्याज सस्तो पर्नु पनि हो ।
चालू आर्थिक वर्षमा ब्याजदर घटाउने प्रतिस्पर्धा छ । अधिकांश बैंकले ब्याजदर घटाएर सार्वजनिक गरिरहेका छन् । नेपाल बैंकले तीन साताअघि पाँच वर्षका लागि ७.९९ प्रतिशत ब्याज दरमा घर कर्जा योजना सार्वजनिक गरेको थियो ।
राष्ट्रिय वाणिज्य बैंकले पनि सर्वाधिक कम ब्याजदर कायम गरिसकेको छ । सरकारी मात्र होइन, निजी बैंकहरू पनि ब्याजदर घटाइरहेका छन् ।
एनएमबी बैंकले पनि ७.९९ प्रतिशतमा घर कर्जा दिएको छ । दुई वर्षको घर कर्जा लिनेले उक्त ब्याज दरमा कर्जा प्राप्त गर्न सक्नेछन् ।

तपाईंको प्रतिकृया

Most Read

‘मनिराम बा’ अब म्युजिक भिडियो निर्देशक (भिडियो सहित )

मोड्लिङमा भबिस्य खोज्दै सारा तामाङ

अब हाम्रो हैसियत अनुसार मन्त्रालय चाहिन्छ : प्रचण्ड

बिराज भट्टको कमव्याक जय पर्शुराम भोलि बाट नै चल्ने।

बारबाट थाहा पाउनु होस् तपाईको प्रेम सम्बन्ध को सँग राम्रो को सँग नराम्रो………….

बिष्णु माझी र रोशन गैरेको आवाजमा निकै मार्मिक लोक दोहोरी गीत सार्वजनिक (भिडियो सहित )

क्षेत्र बहादुर श्रेष्ठ अनिललाई राष्ट्रिय सभामा लैजाने प्रचण्डको प्रतिबद्धता

प्रचन्डको बुद्दी सात आठ बर्से बालिकाको जस्तै : ज्योतिसी पन्डित पुरुसोतम पौडेल (सुन्नुहोश )

स्थापना दिवस मनाउँदै नेपाल प्रहरी

हालसम्म आयोगले सोध्यो १५ स्पष्टीकरण

Tips Nepal Tv
  • rg
  • ap
  • prestige media

 

PMC TV NEPAL