प्रेष्टिज मिडिया कनेक्टिङ प्रा.ली को नवौं वार्षिक उत्सव समारोह सम्पन्न
माघ ७,काठमाडौंको चाबहिल चोकमा रहेको प्रेष्टिज मिडिया कनेक्टिङ प्रा.ली को नवौं वार्षिक उत्सव समारोह सम्पन्न भएको छ । चाबहिलको जुम क्याफेको सभाहलमा आयोजित सो कार्यक्रममा प्रमुख अतिथी काठमाडौं क्षेत्र नं ४ का प्रदेश सभा सदस्य श्री नरोत्तम वैद्यले समुद्घघाटन गर्नुभएको थियो भने कार्यक्रममा विशेष अतिथीहरु समाजसेवी राजदास श्रेष्ठ ,सचेत नागरिक समाजका महासचिव हिक्मत पाण्डे रहनुभएको थियो ।कार्यक्रममा बोल्दै प्रमुख अतिथी नरोत्तम वैद्यले आफुलाई पनि सुरुवाती दिनहरुमा भाषण गर्न , बोल्न कठिनाई भएको र यस्तो संस्था पहिले देखी भएको भए देशले कुशल नेतृत्व पाउन सफल हुने र यस संस्थासँग सहकार्य गर्दै अघी बढ्ने पनि बताउनुभयो । कार्यक्रममा साना उमेरदेखी आदरणिय व्यक्तित्वहरुलाई प्राथमिकता दिएर कार्यक्रम सव्य र भव्य रुपमा सफल भएको प्रेष्टिज मिडियाका प्रबन्ध निर्देशक तथा भाषण कला प्रशिक्षक अग्नी प्रसाद भट्टराईले जानकारी दिनुभयो ।
“संस्थाको सुरुवाती दिनहरुमा कसैको साथ नभएको तर अहिले भने भाषणकलाको महत्व बुझेर मनिसहरु आउने गर्नुहुन्छ“ उहाँले बताउनुभयो । उक्त कार्यक्रममा संस्थाको पूर्व विद्यार्थी ,हाल अध्ययनरत विद्यार्थी ,समाजसेवी ,संस्थालाई प्रत्यक्ष र अप्रत्यक्ष रुपमा सहयोग गर्नुहुने महानुभावहरुको उपस्थिती थियो । अतिथीलाई मायाको चिनो र वर्षको उत्कृष्ट विद्यार्र्थीलाई प्रमाण पत्र पनि वितरण गरिएको थियो भने संस्थाको आजीवन सदस्यलाई पनि प्रमाण पत्र वितरण गरिएको थियो ।
कार्यक्रम आयोजक संस्थाका संस्थापक तथा प्रशिक्षक अग्नी प्रसाद भट्टराईको अध्क्षयता , विद्यार्थी पूजा पाण्डेको स्वागत मन्तव्य र अनिता खनालको सञ्चालन मा सम्पन्न भएको हो ।







