भ्रष्टचार नियन्त्रणको लागि सरकारले कडा कानुन ल्याउनुपर्यो
राधिका ढकाल
काठमाडौ -चावहिलस्थित प्रेस्टिज मिडिया प्रा.ली मा आयोजित ” भ्रष्टचार नियन्त्रण तथा सु -सासनका लागि नागरिकको भूमिका”विषयमा अन्तर्क्रिया कार्यक्रम सम्पन्न भएको छ। प्रत्येक हप्ता शुक्रबार समसामयिक बिषयमा अन्तर्क्रिया कार्यक्रम गर्दै अाइरहेको प्रेस्टिज मिडियामा आजपनि कार्यक्रम सम्पन्न गरेको हो। कार्यक्रममा प्रमुख अतिथि राष्ट्रिय पार्टीका पुर्वाध्क्षय सिदार्थ अधिकारीले भ्रष्टचार नियन्त्रणका लागि नेपालको एउटा अस्तित्व जोगाउने हो भने भ्रष्टचार नियन्त्रण गर्नुपर्छ;यसलाई नियन्त्रण गर्न सकिएन भने नेपालमा बिकास गर्न सकिदैन भन्ने बताउनुभयो ।
त्यस्तै विशेष अतिथि विन्दा खड्का पुष्कर ज्वार्सन ,अतिथिहरु कमला भट्टराई, बालक्रिष्ण दनाल लगायतले सरकारले भ्रष्टचार नियन्त्रणको लागि कडा कानुन ल्याउनुपर्ने बताएका छन्। सामान्य कर्मचारीदेखी उच्च अोहदाका कर्मचारी भ्रष्टचारको दलदलमा फसेको हुनाले भ्रष्टचार गर्नेहरुलाई फाँसी दिनेसम्मको कानुन ल्याउनुपर्ने बताएका छन्। देशमा भ्रष्टचार मौलाइरहेको हुनाले देशको बिकास हुन नसकेको वक्ताहरुले बताएका छन्। कार्यक्रम आयोजक संस्थाका संस्थापक तथा प्रशिक्षक अग्नी प्रसाद भट्टराईको अध्क्षयता; विधर्थी श्याम रानाको स्वागत मन्तव्य र लक्ष्मी पोखरेलको सन्चालनमा सम्पन्न भएको हो। कार्यक्रममा करिब २० जनाभन्दा बढीका वक्ताले आ- आफ्ना धारणा राखेका थिए।







