राजनीति / देश Wednesday, 23 May, 2018
Prestige Media

नेपाल प्रहरीद्वारा हेलिप्याड निर्माण

रसुवा, जेठ ९ गते । नेपाल प्रहरीको सक्रियतामा धुञ्चेमा नयाँ हेलिप्याड निर्माण भएको छ ।

जिल्ला प्रहरी कार्यालय रसुवाका अनुसार प्रहरी प्रमुख शरतकुमार थापा क्षेत्रीको सक्रियतामा आफ्नो कार्यालयको माथिल्लो भागमा एमआई हेलिकोप्टरसमेत अवतरण गर्न सक्ने हेलिप्याड निर्माण गरिएको छ । पहिलो पटक अल्टिच्युड एयरको हेलिकोप्टर अवतरण गराई सफल परीक्षण समेत गरिएको छ ।

नयाँ हेलिप्याडबाट अब गम्भीर बिरामी तत्काल काठमाडाँै लान, आकस्मिक परेका जो सुकै पनि हवाई मार्गबाट आवतजावत गर्न र राति हेलिकोप्टर राख्नुपरेमा सहज रुपले सुरक्षा दिनसमेत सहज भएको प्रहरी निरीक्षक ध्रुव सिलवालले बताउनुभयो ।

तत्कालीन जिल्ला पञ्चायतद्वारा २०३९ सालमा हेलिप्याड तथा खेल मैदानको प्रयोजनका लागि भनी निर्मित मैदानमा विगतका प्रशासकद्वारा हेलिकोप्टर बसाउन रोक लगाइएको थियो ।

मंगलबार मध्याह्न आफूले पहिलो पटक सो हेलिप्याडमा हेलिकोप्टर अवतरण गराएको र हेलिप्याड उपयुक्त भएको अल्टिच्यूड हेलिकोप्टरका पाइलट एवं उडान व्यवस्थापक सोवित गौतमले बताउनुभयो । हेलिप्याडमा जानका लागि स्वास्थ्य मन्त्रालयको सहमतिमा जिल्ला स्वास्थ्य कार्यालय रसुवाको परिसरबाट करीब ५०० मिटर नयाँ सडक पनि निर्माण भएको बताइएको छ । (रासस)

तपाईंको प्रतिकृया

सम्बन्धित समाचार

बुढीगण्डकी बाढीमा दुई सय घर बगे, ओत खोज्दै स्थानीय

चार दिनको वर्षाले सबभन्दा बढी क्षति कालीगण्डकी तटीय क्षेत्रमा

आइपिपीसँगको नयाँ सहमतिले प्राधिकरणलाई एक अर्बभन्दा बढी दायित्वको जोखिम

प्रधानमन्त्री बालेनले भारत र चीनका राजदूतसँग सोमबार एक्लाएक्लै भेटवार्ता गर्ने

बर्खामा विपी राजमार्ग अवरूद्ध भए आधा घन्टामै खुलाइने

रास्वपामा सभापतिको नीतिगत निर्देशन नमाने संसदीय दलको नेता स्वत: पदमुक्त हुने

बालेनलाई आङ्देम्बेले भने– तपाईंलाई प्रधानमन्त्री र संवैधानिक परिषद अध्यक्षको हैसियतमा म चिन्दिनँ

रास्वपाका निर्वाचित पदाधिकारी र केन्द्रीय सदस्यको शपथ आज

मलाई अपरिपक्वको आरोप लाग्थ्यो, तर अब छुट छैन– रवि लामिछाने

महामन्त्रीको दाबीबाट पछि हटे शिशिर

रास्वपाको केन्द्रीय सदस्यमा ८० जना महिला प्रतिस्पर्धी

मध्यरातपछि सुरू भयो रास्वपाको मतदान, अहिलेसम्म कतिले भोट हाले?

Most Read

‘मनिराम बा’ अब म्युजिक भिडियो निर्देशक (भिडियो सहित )

मोड्लिङमा भबिस्य खोज्दै सारा तामाङ

अब हाम्रो हैसियत अनुसार मन्त्रालय चाहिन्छ : प्रचण्ड

बिराज भट्टको कमव्याक जय पर्शुराम भोलि बाट नै चल्ने।

बारबाट थाहा पाउनु होस् तपाईको प्रेम सम्बन्ध को सँग राम्रो को सँग नराम्रो………….

बिष्णु माझी र रोशन गैरेको आवाजमा निकै मार्मिक लोक दोहोरी गीत सार्वजनिक (भिडियो सहित )

क्षेत्र बहादुर श्रेष्ठ अनिललाई राष्ट्रिय सभामा लैजाने प्रचण्डको प्रतिबद्धता

प्रचन्डको बुद्दी सात आठ बर्से बालिकाको जस्तै : ज्योतिसी पन्डित पुरुसोतम पौडेल (सुन्नुहोश )

स्थापना दिवस मनाउँदै नेपाल प्रहरी

हालसम्म आयोगले सोध्यो १५ स्पष्टीकरण

Tips Nepal Tv
  • rg
  • ap
  • prestige media

 

PMC TV NEPAL