राजनीति / देश Friday, 20 Apr, 2018
Prestige Media

ओली–प्रचण्ड लगातार बैठक : एकताबारे आ–आफ्नै दाबी

काठमाडौँ । पार्टी एकतामा विवादित विषय टुङग्याउँन एमाले अध्यक्ष केपी ओली र माओवादी अध्यक्ष प्रचण्ड विहिबारदेखि दैनिक ‘वान टु वान’ वार्तामा छन् ।

दुई नेताबीच बिहिबार झण्डै तीन घण्टा वान टु वान छलफल गरेका दुई नेता शुक्रबार पनि लामो छलफलमा व्यस्त रहे ।

तर, बालुवाटारमा भएको ओली र प्रचण्डबीचको दुवै दिनको छलफलमा के–के भयो ? भन्नेबारे भने कतै सार्वजनिक भएको छैन । यसबारे दुवै नेताले मुख पनि खोलेका छैनन् ।

सअघि बैशाख ९ गते हुने भनिएको एमाले–माओवादी एकता घोषणा टरिसकेको छ । वैशाख नौ गतेको एकताको मिति टरेपछि नेता कार्यकर्तामा एकताबारे थप अन्यौल पैदा भएको छ । तर पनि ओली र प्रचण्डले एकता टरेको नभई मिति सरेको मात्रै भन्दै आएका छन् ।

दुई अध्यक्षबीच वान टु वानमा सहमति जुटेपछि एकता घोषणा गर्ने अर्को मिति तय हुने र समितिको बैठकबाट मिति अनुमोदन गरिने एकता संयोजन समितिका सदस्यहरुले बताउँदै आएका छन् ।
गत बैशाख ४ गते बसेको पार्टी एकता संयोजन समितिको बैठकले दुबै पार्टीका अध्यक्षलाई विवादित विषय मिलाउने जिम्मा दिएको थियो ।

दुई दलबीच जनयुद्ध शब्द विधानको प्रस्तावनामै राख्ने कि नराख्ने ?, निर्वाचन चिन्ह सूर्य या सूर्यभित्र गोलकाकार हँसिया–हथौडा राख्ने या नराख्ने र एकीकृत संगठनमा कुन पार्टीका कति सदस्य राख्ने भन्नेमा मुख्य विवाद छ ।

यिनै विवाद मिलाउन बिहिबारबाट दुवै अध्यक्ष निर्णायक छलफलमा जुटेका हुन् ।

यहि विवाद नमिल्दा बैशाख नौ गते हुने भनिएको एकता घोषणा हुन नसकेको एमाले–मओवादीका दोस्रो तहका नेताहरुको बुझाइ छ ।

दुवै पक्षका नेताको आ–आफ्नै दावी

‘एमाले र माओवादी पार्टी एकतामा ढिलाई हुनको प्रमुख कारण सम्मानजनक हैसियत नै हो,’ अध्यक्ष प्रचण्ड निकट मानिने नेता हरिबोल गजुरेलको भनाई छ ।

गजुरेल भन्छन् ‘दुबै पार्टीका अध्यक्षको हैसियत एउटै हुने अन्यको नहुने भन्ने नै हुदैन । हामी चुनावमा पनि अहिले जाँदैछैनौ । पार्टी एकतामा जाँदै छौ । अहिलेको एकता ढिला हुनुको प्रमुख कारण नै ५०–५० मा कुरा नमिलेर हो । यो मिल्ने बित्तिकै पार्टी एकता हुन्छ ।’

गजुरेलका अनुसार जनयुद्ध शब्द घोषणापत्रमा राखिसकिएको छ । घोषणापत्रमा राखिसकिएको उक्त शव्द विधानमा नराख्ने भन्ने नै हुँदैन । ‘जुन कुरा चुनावका समयमै मिलिसकेको हो । तर, अहिले किन फेरि जनयुद्धमा बहस गर्दैछन् एमालका साथीहरु बुझ्नै सकिएको छैन,’ गजुरेलको तर्क छ ।

एमाले नेता सुवास नेम्वाङ धेरै विषय मिलिसकेकाले एकता घोषणा गर्न समस्या नै नभएको बताउँछन् । केही प्राविधिक विषयमा सहमति हुने वित्तिकै एकता घोषणा हुने नेता नेम्वाङको दावी छ । उनी भन्छन् ‘एमाले र माओवादीबीच एकताका लागि नमिलेका त्यस्ता गम्भीर विषय नै छैनन् ।’

नेता नेम्वाङका अनुसार समान हैसियतकै आधारमा पार्टी एकता हुने हो । ‘कसले भनेको छ असमान हैसियतमा एकता हुन्छ भनेर ?,’ उनले भने, ‘भोलि एक भएपछि सिङ्गो पार्टी नै सबैको हुने हो ।’

साभार ;रातोपाटी

तपाईंको प्रतिकृया

सम्बन्धित समाचार

बुढीगण्डकी बाढीमा दुई सय घर बगे, ओत खोज्दै स्थानीय

चार दिनको वर्षाले सबभन्दा बढी क्षति कालीगण्डकी तटीय क्षेत्रमा

आइपिपीसँगको नयाँ सहमतिले प्राधिकरणलाई एक अर्बभन्दा बढी दायित्वको जोखिम

प्रधानमन्त्री बालेनले भारत र चीनका राजदूतसँग सोमबार एक्लाएक्लै भेटवार्ता गर्ने

बर्खामा विपी राजमार्ग अवरूद्ध भए आधा घन्टामै खुलाइने

रास्वपामा सभापतिको नीतिगत निर्देशन नमाने संसदीय दलको नेता स्वत: पदमुक्त हुने

बालेनलाई आङ्देम्बेले भने– तपाईंलाई प्रधानमन्त्री र संवैधानिक परिषद अध्यक्षको हैसियतमा म चिन्दिनँ

रास्वपाका निर्वाचित पदाधिकारी र केन्द्रीय सदस्यको शपथ आज

मलाई अपरिपक्वको आरोप लाग्थ्यो, तर अब छुट छैन– रवि लामिछाने

महामन्त्रीको दाबीबाट पछि हटे शिशिर

रास्वपाको केन्द्रीय सदस्यमा ८० जना महिला प्रतिस्पर्धी

मध्यरातपछि सुरू भयो रास्वपाको मतदान, अहिलेसम्म कतिले भोट हाले?

Most Read

‘मनिराम बा’ अब म्युजिक भिडियो निर्देशक (भिडियो सहित )

मोड्लिङमा भबिस्य खोज्दै सारा तामाङ

अब हाम्रो हैसियत अनुसार मन्त्रालय चाहिन्छ : प्रचण्ड

बिराज भट्टको कमव्याक जय पर्शुराम भोलि बाट नै चल्ने।

बारबाट थाहा पाउनु होस् तपाईको प्रेम सम्बन्ध को सँग राम्रो को सँग नराम्रो………….

बिष्णु माझी र रोशन गैरेको आवाजमा निकै मार्मिक लोक दोहोरी गीत सार्वजनिक (भिडियो सहित )

क्षेत्र बहादुर श्रेष्ठ अनिललाई राष्ट्रिय सभामा लैजाने प्रचण्डको प्रतिबद्धता

प्रचन्डको बुद्दी सात आठ बर्से बालिकाको जस्तै : ज्योतिसी पन्डित पुरुसोतम पौडेल (सुन्नुहोश )

स्थापना दिवस मनाउँदै नेपाल प्रहरी

हालसम्म आयोगले सोध्यो १५ स्पष्टीकरण

Tips Nepal Tv
  • rg
  • ap
  • prestige media

 

PMC TV NEPAL