राजनीति / देश
Wednesday, 18 Apr, 2018
परराष्ट्र मन्त्री ज्ञवाली र चिनियाँ विदेशमन्त्रीबीच भेटवार्ता
चीन भ्रमणमा रहेका परराष्ट्र मन्त्री प्रदीप ज्ञवाली र चिनियाँ विदेश मन्त्री वाङ यी बीच भेटवार्ता भएको छ। बेइजिङमा भएको वार्तापछि दुवैले संयुक्त सम्बोधन समेत गरेका छन्।
बेइजिङमा रहेको स्टेट गेष्ट हाउसमा बुधबार बिहान उहाँहरुबीच भेटवार्ता भएको हो । भेटमा दुई देशबीचको सहयोगबारे छलफल भएको परराष्ट्र मन्त्रालयले जनाएको छ ।ज्ञवालीले विदेशमन्त्री वाङ यीलाई भेट्नु अघि उप राष्ट्रपति वाङ क्विसानसँग भेटवार्ता गरेका थिए।
मन्त्री ज्ञवाली पाँचदिने भ्रमणका क्रममा गत सोमबार बेइजिङ प्रस्थान गरेका हुन्।







