राजनीति / देश Tuesday, 17 Apr, 2018
Prestige Media

श्रीमान् विदेशिएको मौका छोपेर अर्काकी श्रीमतीसँग यौन सम्बन्ध, श्रीमान् फर्केपछि ब्ल्याकमेलिङ

काठमाडौँ । कमला शाह (नाम परिवर्तन) उमेरले ३४ पुगिन् । कमलाको साथमा रहेकी एउटी छोरीलाई उनको साथमै छाडेर श्रीमान् विदेश गएका थिए । धनुषाकी कमला श्रीमान् विदेशीएपछि काठमाडौँमा एउटा कस्मेटिक पसल खोलेर यतै बस्न थालेकी थिइन् । बिहान बेलुकाको हातमुख जोर्न कस्मेटिक व्यापारले पनि भरथेग गरेकै थियो । उनी सामाजिक सञ्जाल (फेसबुक) चलाउँथिन्, एकदिन राजीव कर्ण नामका एक पुरुषले उनलाई फ्रेन्ड रिक्वेस्ट पठाए ।

धुनषा उप–महानगरपालिका–८ बस्ने ३७ बर्षका राजीव कर्ण विद्युत्त प्राधिकरण धनुषा वितरण केन्द्रको कम्युटर अपरेटर हुन् । आइटीमा राम्रो दख्खल राख्ने राजीव र कमलाबीच फेसबुकको म्यासेन्जर मार्फत च्याटिङ हुन थाल्यो । साथी बनेको केही दिनमै राजीवले कमलालाई भेट्ने प्रस्ताव राखे, कमलाले पनि स्वीकार गरिन् ।

कमलालाई भेट्न काठमाडौँको पशुपतीनाथ मन्दिर पुगेका राजीवले पहिलो भेटमै कमलालाई अङ्गालो हाले अनी सेल्फी खिच्न भ्याईहाले । ‘मैले इन्कार गर्दा उनले पहिलो भेटमै अङ्गालो हालेर सेल्फी खिचेका थिए,’ कमलाले महानगरीय अपराध महाशाखामा दिएको जाहेरीमा भनिएको छ, ‘पहिलो भेटमै राजीवले मलाई मेरो पसलमा लैजान दबाब दिए, उनी मसँगै कस्मेटीक पसलमा पुगे ।’

पहिलो भेट त्यतिमै सकियो । त्यसपछि लगातार म्यासेज साटासाट हुँदाहुँदै कमला र राजीवको सम्बन्ध विकास भएर यौनसम्बन्ध सम्म पुग्यो । विभिन्न होटलमा बोलाइएर राजीवले कमलासँग यौन सम्बन्ध राखे, अनि कमलाको अश्लिल फोटो खिच्दै कलेक्सन गर्न थाले । राजीवले आफ्ना आपत्तिजनक फोटोहरु खिचेको र कलेक्सन गरेको कुरामा कमलाले खासै वास्ता गरिनन् । जब कमलाको श्रीमान् विदेशबाट फर्किए, त्यसपछि परिस्थीतिले नयाँ मोड लियो ।

श्रीमान् नेपाल फर्केपछि राजीवलाई पहिलेजस्तो समय दिन र होटलमा गएर सँगै बस्न कमलाको समय मिलेन, तर राजीवले पहिलेजस्तै ब्यवहारको आशा गरिरहे ।

कमलाले आफ्नो प्रस्ताव अस्वीकार गर्न थालेपछी राजीवले फेसबुकको म्यासेन्जरमा अनर्गल म्यासेज पठाएर तनाव मात्रै दिएनन्, उनका आपत्तिजनक फोटो सार्वजनिक गरिदिने धम्की दिन थाले ।

‘मेरो फेसवुक एकाउन्टको कमेन्ट बक्समा आपत्तिजनक फोटाहरु राखेर मानसिक तनाव दिए,’ कमलाले आफ्नो जाहेरीमा लेखेकी छिन्, ‘कमेन्ट बक्सको फोटो हटाउने बहानामा पनी राजीवले पटक–पटक मेरो अस्मिता लुट्न थालेपछि मैले श्रीमानसँग ढाँट्न सकिँन, त्यसपछी हामी प्रहरीको शरणमा आईपुग्यौँ ।’

कमलाको जोहरीले पक्राउ परेका राजीव कर्ण अहिले महानगरीय प्रहरी परिसर काठमाडौंको हिरासतमा छन् । ‘राजीव कर्णलाई विद्युत्तिय कारोवार ऐन अन्तर्गत म्याद लिएर अनुसन्धान गरिरहेका छौं’ महानगरीय प्रहरी परिसर काठमाडौँका प्रवक्ता (डिएसपी) मोहन थापा भन्छन्, ‘कर्णले एउटी नारीलाई ब्ल्याकमेलिङ गरेर धेरै नै प्रताडना दिएको देखिन्छ ।’

कर्णले ब्ल्याकमेलिङ गर्दै कमेन्ट बक्समा राखेको अश्लिल तस्बिरहरु हटाउनका लागी पैसा समेत मागेको प्रहरी अनुसन्धानबाट खुलेको छ । उनले एकपटक १२ हजार लिएपछि एउटा फोटो हटाउने बताएपनि नहटाएपछि कमलाले आत्महत्याको प्रयास समेत गरेकी थिइन् । कमलाले दुई पटक आत्महत्याको प्रयास गरेपछि छोरीको माध्यमबाट उनका श्रीमानले घटना थाहा पाएका थिए । त्यसपछि श्रीमान समेतलाई साथमै लिएर गएको चैत्र ९ गते कमला अपराध महाशाखामा जाहेरी सहित पुगेकी थिइन् ।

यसरी श्रीमान् विदेश हुँदा यौनसम्पर्क गर्दै आएका र पछि ब्ल्याकमेलिङमा उत्रिएका कर्णलाई विद्युत्तिय कारोबार ऐनको दफा ४७ अनुसार १ लाख जरिवाना वा ५ बर्ष कैद र दुवै सजाय पनि हुनसक्ने कानुनी ब्यवस्था रहेको डिएसपी थापाले बताएका छन् । यो खबर रातोपाटीबाट साभार गरिएको हो।

तपाईंको प्रतिकृया

सम्बन्धित समाचार

बुढीगण्डकी बाढीमा दुई सय घर बगे, ओत खोज्दै स्थानीय

चार दिनको वर्षाले सबभन्दा बढी क्षति कालीगण्डकी तटीय क्षेत्रमा

आइपिपीसँगको नयाँ सहमतिले प्राधिकरणलाई एक अर्बभन्दा बढी दायित्वको जोखिम

प्रधानमन्त्री बालेनले भारत र चीनका राजदूतसँग सोमबार एक्लाएक्लै भेटवार्ता गर्ने

बर्खामा विपी राजमार्ग अवरूद्ध भए आधा घन्टामै खुलाइने

रास्वपामा सभापतिको नीतिगत निर्देशन नमाने संसदीय दलको नेता स्वत: पदमुक्त हुने

बालेनलाई आङ्देम्बेले भने– तपाईंलाई प्रधानमन्त्री र संवैधानिक परिषद अध्यक्षको हैसियतमा म चिन्दिनँ

रास्वपाका निर्वाचित पदाधिकारी र केन्द्रीय सदस्यको शपथ आज

मलाई अपरिपक्वको आरोप लाग्थ्यो, तर अब छुट छैन– रवि लामिछाने

महामन्त्रीको दाबीबाट पछि हटे शिशिर

रास्वपाको केन्द्रीय सदस्यमा ८० जना महिला प्रतिस्पर्धी

मध्यरातपछि सुरू भयो रास्वपाको मतदान, अहिलेसम्म कतिले भोट हाले?

Most Read

‘मनिराम बा’ अब म्युजिक भिडियो निर्देशक (भिडियो सहित )

मोड्लिङमा भबिस्य खोज्दै सारा तामाङ

अब हाम्रो हैसियत अनुसार मन्त्रालय चाहिन्छ : प्रचण्ड

बिराज भट्टको कमव्याक जय पर्शुराम भोलि बाट नै चल्ने।

बारबाट थाहा पाउनु होस् तपाईको प्रेम सम्बन्ध को सँग राम्रो को सँग नराम्रो………….

बिष्णु माझी र रोशन गैरेको आवाजमा निकै मार्मिक लोक दोहोरी गीत सार्वजनिक (भिडियो सहित )

क्षेत्र बहादुर श्रेष्ठ अनिललाई राष्ट्रिय सभामा लैजाने प्रचण्डको प्रतिबद्धता

प्रचन्डको बुद्दी सात आठ बर्से बालिकाको जस्तै : ज्योतिसी पन्डित पुरुसोतम पौडेल (सुन्नुहोश )

स्थापना दिवस मनाउँदै नेपाल प्रहरी

हालसम्म आयोगले सोध्यो १५ स्पष्टीकरण

Tips Nepal Tv
  • rg
  • ap
  • prestige media

 

PMC TV NEPAL