वन्यजन्तुको चोरी शिकार बढ्यो
अतिसंकटापन्न सूचीमा रहेको बगाले बगेडी चरा शिकारका कारण मासिदैसिरहा — जिल्लाको उत्तरवर्ती चुरे जंगल क्षेत्रमा वन्यजन्तुकाे चोरी शिकार बढ्दो छ । चोरी शिकारका कारण बदेँल, मृग, नीलगाई, वन कुखुरा, कालिज मासिने खतरा बढेको छ ।
वन गस्ती फितलो भएको मौंका छोपी चुरे क्षेत्रको जंगलबाट दिउँसै वन्यजन्तुको चोरी शिकार हुन थालेको छ ।यस्ता कार्यहरुमा जंगल क्षेत्र नजिकै बसोबास गर्नेको संलग्नता बढेपछि वन्यजन्तु मासिने खतरा बढेको हो । उत्तरवर्ती मड्यान, चट्टान लगायत एक दर्जन चुरे जंगल क्षेत्रमा चोरी शिकारी बढेको हो । चुरे जंगल क्षेत्रमा बँदेल, मृग, नीलगाई, वन कुखुरा, कालिज जस्ता जंगली जनावारहरु पाईन्छन् ।
पानीको खोजीमा वन्यजन्तु चेरे फेदीका खोल्सीमा झर्छन् । त्यही मौका छोपेर शिकारीहरुले वन्यजन्तु मार्ने गरेको एक स्थानीयले बताए । ‘शिकारीले दिनभर बँदेल, मृग र नीलगाईको शिकार गर्छन् । ’ विष्णुपुरकट्टीका एक स्थानीयले भने ‘वन्यजन्तुको बासस्थान ठम्याएर रातमा मार्ने गरेका छन् । ’
भरुवा बन्दुकको साहयताले वन्यजन्तुको शिकार हुने गरेको छ । गाउँघरमा सहजै रुपमा बनाउन सकिने भरुवा बन्दुक चोरी शिकारका लागि उपयोगी साधन बनेको हो । गत कार्तिक २१ गते मुसहरनीया जंगल क्षेत्रबाट प्रहरीको गस्ती टोलीले दुई वटा भरुवा बन्दुक सहित धनगढीमाई १० का ५८ वर्षीया जगबहादुर तामांङलाई पक्राउ गरेकाे थियाे । वन गस्ती टोलीले गत माघमा गोली लागेको अवस्थामा मृत बँदेल फेला पार्यो । बँदेल मार्न भरुवा बन्दुकको प्रयोग भएको खुल्न आएको थियो ।
सहायक जिल्ला वन अधिकृत अमरेन्द्र यादवले चोरी शिकारका घटनाहरुमा गाउँलेको संलग्नता भएसँगै वन्यजन्तु मासिने खतरा बढ्न सक्ने बताए । चुरे वन क्षेत्रमा चोरी शिकारका बारेमा स्थानीयले जानकारी नदिदाँ चोरी शिकार नियन्त्रणमा समस्या परेकोयादवले बताए ।







