राजनीति / देश Sunday, 25 Mar, 2018
Prestige Media

वन्यजन्तु जोगाउन संयुक्त गस्ती

चोरीसिकार नियन्त्रण गर्न चितवन निकुञ्जको मध्यवर्ती क्षेत्रका उपभोक्ता सेनासँगै गस्तीमा

चितवन — मध्यवर्ती उपभोक्ता समितिका सदस्य सेनासँगै मिसिएर सामुदायिक वनमा गस्ती गर्न थालेका छन् । मध्यवर्ती क्षेत्रका २१ उपभोक्ता समिति र एक उपसमिति सम्बद्ध युवा गस्तीमा निस्कन थालेका हुन् ।

‘सबै समितिमा समुदायमा आधारित चोरी/सिकार नियन्त्रण युवा जागरण अभियान (सीबीएपीयू) को उपसमिति छ । त्यसमा आबद्ध स्थानीय सेना र प्रशासनको टोलीसँगै गस्तीमा हिँड्ने गर्छन्,’ चितवन राष्ट्रिय निकुञ्जका सहायक संरक्षण अधिकृत तथा सूचना अधिकारी नुरेन्द्र अर्यालले भने ।

सीबीएपीयू पहिल्यैदेखि गठन भए पनि २०७१ यता बढी सक्रिय छ । सरकारी तवरमै सीबीएपीयू दिवस मनाउन थालिएपछि स्थानीय बढी जागरुक भएको सूचना अधिकारी अर्यालले बताए । समुदायले निकुञ्ज सिमानाभित्र नभएर निकुञ्जसँग जोडिएका मध्यवर्तीका सामुदायिक वन क्षेत्रमा संयुक्त गस्ती गरिरहेका छन् ।

‘नियमित गस्ती नभएर कुनै खास समयमा हामी पनि जाने गरेका छौं,’ पूर्वी चितवनको मृगकुञ्ज मध्यवर्ती उपभोक्ता समितिअन्तर्गत रहेको सीबीएपीयूका अध्यक्ष डोमा पौडेलले भनिन् । यो वर्ष स्थानीय तह र प्रदेश तथा प्रतिनिधिसभा चुनावका बेला मृगकुञ्जको सीबीएपीयूले सेना र निकुञ्ज प्रशासनसँगै मिलेर मध्यवर्ती क्षेत्रका वनमा गस्ती गरेको थियो । मंगलबार पनि सौराहा नजिक खोरसोर वनमा संयुक्त गस्ती थियो ।

‘चुनावको बेलामा पनि हिँडेको थिएँ । आज पनि निस्किएँ । सेना र प्रशासनले कति दु:ख गरेर जनावर जोगाएको रहेछ भन्ने अनुभूति गर्न पाएको छु,’ गस्तीमा सहभागी सौराहाका युवा सुराजन श्रेष्ठले भने । महिला–पुरुष दुवै मिलेर गस्तीमा जाने गरेका छन् ।

चैत महिनालाई चोरी/सिकारका दृष्टिले बढी जोखिम मानिने निकुञ्जका अधिकारी बताउँछन् । सबै मध्यवर्ती उपभोक्ता समितिमा सीबीएपीयू गठन भए पनि चितवनको सौराहा र नवलपरासीको अमलटारी तथा गोसाइँबाबा उपभोक्ता समितिअन्तर्गतका वनमा समुदाय पनि गस्तीमा जाने गरेको निकुञ्जका सूचना अधिकारी अर्यालले बताए । निकुञ्ज संरक्षणमा प्रशासन, सेना र स्थानीयको त्रिकोणात्मक सम्बन्धले प्रभावकारी काम गरेको उनले बताए ।

‘समुदायको साथ लिएर अन्य कामहरू हुँदै आएका छन् । गस्तीमा पनि साथ लिन खोजेका हौं,’ उनले भने । केही वर्षअघिसम्म चितवन निकुञ्जमा गैंडाको चोरी/सिकार हुन्थ्यो । दुर्लभ मानिएको एकसिंगे गैंडा वर्षमा ३८ वटासम्म चोरी/सिकारका कारण मारिएका थिए । पछिल्लो पाँच वर्षमा सिकारीले दुईवटा गैंडा मारेको सूचना अधिकारी अर्यालले बताए ।

‘समुदायको सक्रियताले चोरी/सिकार नियन्त्रण भएको छ । हामी समुदायलाई सधैं साथ लिनेछौं,’ उनले भने । चितवन निकुञ्जलाई विश्वमा दुर्लभ मानिएका एकसिंगे गैंडा र पाटेबाघको राम्रो बासस्थान मानिन्छ ।

पूर्वी अफ्रिकाबाट चितवन

नेपालले संरक्षण क्षेत्रमा पाएको सफलताका विषयमा जानकारी लिन पूर्वी अफ्रिकाका उच्च सरकारी अधिकारी चितवन निकुञ्जको भ्रमणमा छन् । केन्या, रुवान्डा, युगान्डा र तान्जनियाका सरकारी अधिकारीले बुधबार निकुञ्ज मुख्यालयमा गएर संरक्षणमा प्राप्त सफलताका विषयमा जानकारी लिएका छन् । अफ्रिकी महादेशमा दुईवटा खाग हुने कालो र सेतो गैंंडा पाइन्छ ।

‘ती देशहरूमा चोरी/सिकारको चर्को समस्या छ । हाम्रोमा चोरी/सिकार पहिला उत्कर्षमा रहे पनि अहिले नियन्त्रणमा छ । यो के कसरी भएको हो भन्ने जान्न उनीहरू आएका रहेछन्,’ चितवन राष्ट्रिय निकुञ्जका सूचना अधिकारी अर्यालले भने ।            साभार; कान्तिपुर 

तपाईंको प्रतिकृया

सम्बन्धित समाचार

बुढीगण्डकी बाढीमा दुई सय घर बगे, ओत खोज्दै स्थानीय

चार दिनको वर्षाले सबभन्दा बढी क्षति कालीगण्डकी तटीय क्षेत्रमा

आइपिपीसँगको नयाँ सहमतिले प्राधिकरणलाई एक अर्बभन्दा बढी दायित्वको जोखिम

प्रधानमन्त्री बालेनले भारत र चीनका राजदूतसँग सोमबार एक्लाएक्लै भेटवार्ता गर्ने

बर्खामा विपी राजमार्ग अवरूद्ध भए आधा घन्टामै खुलाइने

रास्वपामा सभापतिको नीतिगत निर्देशन नमाने संसदीय दलको नेता स्वत: पदमुक्त हुने

बालेनलाई आङ्देम्बेले भने– तपाईंलाई प्रधानमन्त्री र संवैधानिक परिषद अध्यक्षको हैसियतमा म चिन्दिनँ

रास्वपाका निर्वाचित पदाधिकारी र केन्द्रीय सदस्यको शपथ आज

मलाई अपरिपक्वको आरोप लाग्थ्यो, तर अब छुट छैन– रवि लामिछाने

महामन्त्रीको दाबीबाट पछि हटे शिशिर

रास्वपाको केन्द्रीय सदस्यमा ८० जना महिला प्रतिस्पर्धी

मध्यरातपछि सुरू भयो रास्वपाको मतदान, अहिलेसम्म कतिले भोट हाले?

Most Read

‘मनिराम बा’ अब म्युजिक भिडियो निर्देशक (भिडियो सहित )

मोड्लिङमा भबिस्य खोज्दै सारा तामाङ

अब हाम्रो हैसियत अनुसार मन्त्रालय चाहिन्छ : प्रचण्ड

बिराज भट्टको कमव्याक जय पर्शुराम भोलि बाट नै चल्ने।

बारबाट थाहा पाउनु होस् तपाईको प्रेम सम्बन्ध को सँग राम्रो को सँग नराम्रो………….

बिष्णु माझी र रोशन गैरेको आवाजमा निकै मार्मिक लोक दोहोरी गीत सार्वजनिक (भिडियो सहित )

क्षेत्र बहादुर श्रेष्ठ अनिललाई राष्ट्रिय सभामा लैजाने प्रचण्डको प्रतिबद्धता

प्रचन्डको बुद्दी सात आठ बर्से बालिकाको जस्तै : ज्योतिसी पन्डित पुरुसोतम पौडेल (सुन्नुहोश )

स्थापना दिवस मनाउँदै नेपाल प्रहरी

हालसम्म आयोगले सोध्यो १५ स्पष्टीकरण

Tips Nepal Tv
  • rg
  • ap
  • prestige media

 

PMC TV NEPAL