राजनीति / देश Friday, 16 Feb, 2018
Prestige Media

२० महिनापछि ओली फेरि सिंहदरबार

काठमाडौँ, फागुन ४ गते । प्रधानमन्त्रीको पहिलो कार्यकालमा सत्ता सहयात्री दलबाटै अनपेक्षित नतिजा बेहोर्नुभएका नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीको प्रधानमन्त्रीमा दोस्रो ‘इनिङ’ सुरु भएको छ । सत्ताबाट बाहिरिएको २० महिनापछि ओली प्रधानमन्त्रीका रूपमा फेरि सिंहदरबार पुग्नुभएको हो ।

राजनीतिका सम्भावना र विकल्पबीच बनेको वाम गठबन्धनको चुनावी नतिजापछि नेकपा (माओवादी केन्द्र)को समर्थनमा नै ओली प्रधानमन्त्री बन्नुभएको हो । संयोग त यसअघि अविश्वास प्रस्तावको प्रस्तावक पनि माओवादी केन्द्र नै थियो, अहिले प्रधानमन्त्री बनाउने समर्थक पनि माओवादी नै छ ।
छिमेकी भारतको अघोषित नाकाबन्दीबीच प्रधानमन्त्री हुनुभएका ओली त्यसबीचका केही रणनीतिक र राजनीतिक निर्णयबाट प्रशंसित हुनुहुन्छ । तर, संविधान जारीपछि मधेसकेन्द्रित दलका विषयमा गरेका टिप्पणीबाट भने ओली केही आलोचितसमेत हुनुहुन्छ ।
वि.सं. २००८ फागुनमा तेह्रथुममा जन्मिनुभएका ओली प्रधानमन्त्री हुनुअघि गृहमन्त्री, उपप्रधानमन्त्री एवं परराष्ट्रमन्त्री भइसक्नुभएको छ । राजनीतिसँग उहाँको अनुभव २०२६ सालमा कम्युनिस्ट पार्टीको सदस्यतासँगै जोडिएको छ । वर्गीय मुक्तिका लागि भन्दै सुरु गरिएको झापा विद्रोहका प्रमुख मध्येका ओली एक
पात्र हुनुहुन्छ ।
पञ्चायती व्यवस्था विरुद्धको आन्दोलनका क्रममा राज्य विप्लवको आरोप लागेपछि ओलीले १४ वर्ष जेल बिताउनुभएको थियो । झापामा प्रारम्भिक शिक्षा लिनुभएका ओलीले २०२८ सालमा एसएलसीसम्मको अध्ययन पूरा गर्नुभएको छ । भूमिगत जीवनशैलीका कारण त्यसयता उहाँले औपचारिक शिक्षालाई निरन्तरता दिनुभएन ।
वि.सं. २०४८, २०५१ र २०५६ का आमनिर्वाचनमा झापाबाट निर्वाचित ओली २०६४ को संविधानसभा सदस्य निर्वाचनमा भने पराजित हुनुभएको थियो । चार वर्षअघि २०७० मा झापा ७ बाट निर्वाचित हुनुभएका उहाँ पार्टीको नवौँ महाधिवेशनबाट अध्यक्षमा निर्वाचित हुनुभएको थियो । ओली गत संविधानसभा÷संसद्मा संसदीय दलको नेता हुनुभएको थियो ।

गोरखापत्र अनलाइन

तपाईंको प्रतिकृया

सम्बन्धित समाचार

बुढीगण्डकी बाढीमा दुई सय घर बगे, ओत खोज्दै स्थानीय

चार दिनको वर्षाले सबभन्दा बढी क्षति कालीगण्डकी तटीय क्षेत्रमा

आइपिपीसँगको नयाँ सहमतिले प्राधिकरणलाई एक अर्बभन्दा बढी दायित्वको जोखिम

प्रधानमन्त्री बालेनले भारत र चीनका राजदूतसँग सोमबार एक्लाएक्लै भेटवार्ता गर्ने

बर्खामा विपी राजमार्ग अवरूद्ध भए आधा घन्टामै खुलाइने

रास्वपामा सभापतिको नीतिगत निर्देशन नमाने संसदीय दलको नेता स्वत: पदमुक्त हुने

बालेनलाई आङ्देम्बेले भने– तपाईंलाई प्रधानमन्त्री र संवैधानिक परिषद अध्यक्षको हैसियतमा म चिन्दिनँ

रास्वपाका निर्वाचित पदाधिकारी र केन्द्रीय सदस्यको शपथ आज

मलाई अपरिपक्वको आरोप लाग्थ्यो, तर अब छुट छैन– रवि लामिछाने

महामन्त्रीको दाबीबाट पछि हटे शिशिर

रास्वपाको केन्द्रीय सदस्यमा ८० जना महिला प्रतिस्पर्धी

मध्यरातपछि सुरू भयो रास्वपाको मतदान, अहिलेसम्म कतिले भोट हाले?

Most Read

‘मनिराम बा’ अब म्युजिक भिडियो निर्देशक (भिडियो सहित )

मोड्लिङमा भबिस्य खोज्दै सारा तामाङ

अब हाम्रो हैसियत अनुसार मन्त्रालय चाहिन्छ : प्रचण्ड

बिराज भट्टको कमव्याक जय पर्शुराम भोलि बाट नै चल्ने।

बारबाट थाहा पाउनु होस् तपाईको प्रेम सम्बन्ध को सँग राम्रो को सँग नराम्रो………….

बिष्णु माझी र रोशन गैरेको आवाजमा निकै मार्मिक लोक दोहोरी गीत सार्वजनिक (भिडियो सहित )

क्षेत्र बहादुर श्रेष्ठ अनिललाई राष्ट्रिय सभामा लैजाने प्रचण्डको प्रतिबद्धता

प्रचन्डको बुद्दी सात आठ बर्से बालिकाको जस्तै : ज्योतिसी पन्डित पुरुसोतम पौडेल (सुन्नुहोश )

स्थापना दिवस मनाउँदै नेपाल प्रहरी

हालसम्म आयोगले सोध्यो १५ स्पष्टीकरण

Tips Nepal Tv
  • rg
  • ap
  • prestige media

 

PMC TV NEPAL