राजनीति / देश
Sunday, 21 Jan, 2018
प्रदेश २ मा चार भाषामा शपथ
जनकपुर — प्रदेश २ का सांसदहरुले जनकपुरमा पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन् । नेपाल उद्योग वाणिज्य संघको राजर्षीजनक सभागृहमा आयोजित समारोहमा १ सय ७ सदस्य सहभागी थिए ।
जेष्ठ सांसद ७५ वर्षीय ललनलाल चौधरीलाई प्रदेश प्रमुख रत्नेश्वरलाल कायस्थले र जेष्ठ सदस्य चौधरीले १ सय ६ सदस्यलाई शपथ गराएका हुन्। शपथ समारोहमा प्रदेश प्रमुख कायस्थले पहिलो अधिवेशन २१ गते हुने जानकारी गराए।

शपथ ग्रहणको क्रममा मातृभाषामा शपथ ग्रहणको व्यवस्था गर्नुपर्ने भन्दै केहीबेर विवाद भएको थियो। होहल्ला भएपछि मातृभाषामा शपथको व्यवस्था गरिएको थियो। ४७ जनाले मैथिली, २५ जनाले भोजपुरी, २४ जनाले नेपाली र ११ जनाले हिन्दीमा शपथ लिए।
source: kantipur








