राजनीति / देश Monday, 15 Jan, 2018
Prestige Media

गुल्मीको रुरु क्षेत्रमा गण्डक स्नान गर्नेको बिहानैदेखि भीड

गुल्मी — चार मध्येको एक धाम मानिने गुल्मीको रिडीस्थित रुरु क्षेत्र धाम र कालीगण्डकी किनारमा सोमबार बिहानैदेखि गण्डक स्नान गर्नेहरुको भीड लागेको छ ।

 

झण्डै १० डिग्रीको जाडोमा पनि ६०/७० वर्ष उमेर समूहका बृद्धबृद्धाहरुले बिहानैदेखि कालीगण्डकी किनारमा स्नान गरेका छन् । गुल्मी, पाल्पा र स्याङ्जा तिन जिल्लाको संगमस्थल रहेको रुरु क्षेत्रमा रहेको कालीगण्डकी स्नान गरी ऋषिकेश, रुरु कन्या र भृङ्गतुङ्गेश्वर महादेवको दर्शन गरेमा मोक्ष प्राप्त हुने जनविश्वास छ ।
सङ्क्रान्तिको पहिलो दिनलाई जेठी, दोस्रो दिन माईली र तेस्रो दिन कान्छी सङ्क्रान्ति मानेर गुल्मीको कालीगण्डकी किनारमा स्नान गर्ने परम्पराका कारण पनि आज मकर सङ्क्रान्तिको अवसरमा गण्डक स्नान गर्ने बृद्धबृद्धाहरुको भीड लाग्ने गर्दछ ।
धार्मिक महत्वले मुक्ति क्षेत्र, पशुपति क्षेत्र, बराह क्षेत्र पछि रुरु क्षेत्र मानिन्छ । कालिगण्डकी किनारमा शालिकराम पनि बढी फेला पर्ने भएकाले रुरु क्षेत्रको कालीगण्डकी किनारमा स्नान गर्नेको बढी भीड लाग्ने पुजारी केशव भट्टराईले बताए ।
आज गण्डक स्नान गर्न गुल्मी र पाल्पाको संगमस्थल रुरु क्षेत्रमा गुल्मी, अर्घाखाँची, पाल्पा, बाग्लुङ्ग, रुपन्देही लगायत नेपालका विभिन्न जिल्ला र भारतबाट समेत तीर्थयात्रीहरु आउने गर्दछन् । आजबाट सुरु भएको रुरु क्षेत्रको धार्मिक मेला बुधबारसम्म चल्ने गर्दछ ।
स्थानीय युवा क्लबको आयोजना भएको सांस्कृतिक मेला भने ५ दिनसम्म चल्ने आयोजकले जनाएको छ ।
गुल्मीको रुरु क्षेत्रसँगै रुद्रवेणी, अर्वेनीको सेतीवेणी, हस्तिचौरको छल्दी, छापहिलेको लेकपोखरा लगायतका स्थनामा पनि मकर सङ्क्रान्ति मेला लागेको छ ।
source :kantipur

तपाईंको प्रतिकृया

सम्बन्धित समाचार

बुढीगण्डकी बाढीमा दुई सय घर बगे, ओत खोज्दै स्थानीय

चार दिनको वर्षाले सबभन्दा बढी क्षति कालीगण्डकी तटीय क्षेत्रमा

आइपिपीसँगको नयाँ सहमतिले प्राधिकरणलाई एक अर्बभन्दा बढी दायित्वको जोखिम

प्रधानमन्त्री बालेनले भारत र चीनका राजदूतसँग सोमबार एक्लाएक्लै भेटवार्ता गर्ने

बर्खामा विपी राजमार्ग अवरूद्ध भए आधा घन्टामै खुलाइने

रास्वपामा सभापतिको नीतिगत निर्देशन नमाने संसदीय दलको नेता स्वत: पदमुक्त हुने

बालेनलाई आङ्देम्बेले भने– तपाईंलाई प्रधानमन्त्री र संवैधानिक परिषद अध्यक्षको हैसियतमा म चिन्दिनँ

रास्वपाका निर्वाचित पदाधिकारी र केन्द्रीय सदस्यको शपथ आज

मलाई अपरिपक्वको आरोप लाग्थ्यो, तर अब छुट छैन– रवि लामिछाने

महामन्त्रीको दाबीबाट पछि हटे शिशिर

रास्वपाको केन्द्रीय सदस्यमा ८० जना महिला प्रतिस्पर्धी

मध्यरातपछि सुरू भयो रास्वपाको मतदान, अहिलेसम्म कतिले भोट हाले?

Most Read

‘मनिराम बा’ अब म्युजिक भिडियो निर्देशक (भिडियो सहित )

मोड्लिङमा भबिस्य खोज्दै सारा तामाङ

अब हाम्रो हैसियत अनुसार मन्त्रालय चाहिन्छ : प्रचण्ड

बिराज भट्टको कमव्याक जय पर्शुराम भोलि बाट नै चल्ने।

बारबाट थाहा पाउनु होस् तपाईको प्रेम सम्बन्ध को सँग राम्रो को सँग नराम्रो………….

बिष्णु माझी र रोशन गैरेको आवाजमा निकै मार्मिक लोक दोहोरी गीत सार्वजनिक (भिडियो सहित )

क्षेत्र बहादुर श्रेष्ठ अनिललाई राष्ट्रिय सभामा लैजाने प्रचण्डको प्रतिबद्धता

प्रचन्डको बुद्दी सात आठ बर्से बालिकाको जस्तै : ज्योतिसी पन्डित पुरुसोतम पौडेल (सुन्नुहोश )

स्थापना दिवस मनाउँदै नेपाल प्रहरी

हालसम्म आयोगले सोध्यो १५ स्पष्टीकरण

Tips Nepal Tv
  • rg
  • ap
  • prestige media

 

PMC TV NEPAL