Exclusive News Sunday, 26 Nov, 2017
Prestige Media

२८. नार्इ भन्ने ताकत २

उनले कहिल्यै लेख्न, पढ्न चाहेनन् । बुबा र काकाले यहि निउमा उनलाई बेला–बखत भक्कुमार कुट्थे । उनले ठाडै भने –म पढ्नकोलागी जन्मेकै हैन, म त कलाकार हुनको लागी पो जन्मेको । मैले आमाको दूध पीए देखी नै छेनी र मुँग्राप्रतिको लगाव बनाएको हुँ ।
यसो भन्ने कलाकार अरू कोही हैनन्, विश्वविख्यात एवम् कालजयी कलाकार माइकलएन्जेलो हुन् । आफूलाई मन नपरेको कुरालाई नाई भन्न सक्नुकै कारण उनी महान बनेका हुन् भन्दा अतिशयोक्ति नहोला ।

यस्तै कुरा, सानो छँदा पेलेले पनि आप्mना शिक्षकहरूलाई भनेका थिए । उनी सानैदेखि फुटबलमा रमाउने मात्र हैन मरि–मेट्ने व्यक्ति हुन् । यहाँ मरिमेट्ने शब्द माथी ध्यान दिनु पर्दछ , किनभने यिनै गुणबाट महापुरुषको अवतरण हुने हो । अतः उनमा यो गुण जन्मजातै देखियो । घरदेखि स्कुलसम्म आउँदा पनि उनी झुम्रोको बल बनाई खेल्दै स्कुल पुग्थे । यसरी पढाइभन्दा बलमाथीको लगाव–प्यार देखेर शिक्षकहरूले उनलाई हकार्नु हकारेका थिए तर उनमा पनि सबै महापुरुषमा हुने ताकत थियो– नार्इँ भन्ने । उनले ठाडै भने– सर म पढ्नको लागी हैन, खेल्नको लागी जन्मेको, फुटबल खेल्नको लागी । इ, फुटबल मेरो रगतको नशा–नशामा बगिरहेको छ ।

त्यसबेला पटमूर्ख ठानिएका यी विद्यार्थी ब्राजिलका भाग्य बिधाता बन्न् सफल भए । उनले फुटबलको माध्यमबाट ब्राजिललाई विश्वसामु ल्याईदिए । किनकि उनले पनि नाईँ भन्ने ताकत नै प्रयोग गरेका जो थिए ।

यहाँनिर एकजना केटाको प्रसंग अत्यन्त मननिय छ । एक जना ब्राजिलकै केटालाई उनका आमा–बाबा वकिल बनाउन चाहन्थे । तर त्यो केटा भने साहित्य पढ्न चाहन्थे । आमा–बाबाले उनलाई जबर्जस्ती कानुन पढाउन वाध्य पारी छाडे । उनले नाईँ–नास्ती गर्न सकेनन् । र त मन परेको विषय छोड्नुको पीडा र मन नपरेको विषय पढ्नुको दोहोरो मार उनले झेल्नु प¥यो । परिणाम ? परिणाम स्वरूप उनी डिप्रेसनको शिकार भई थला परे । बल्ल उनका अभिभावकहरूले आफ्नो गल्ती ठम्याउन पाए । पछि छोरोलाई जे मन लाग्छ त्यही पढ भनी छोडी दिए । त्यसपछि उनले साहित्य सृजना गर्न थाले । नभन्दै उनी विश्व–बिख्यात साहित्यकार बने । आज उनको किताब संख्याको हिसाबले सबभन्दा बढी बिक्नेमा पर्छ । उनको नाम हो पाउलो कोइलो । यस्ता््े अद्धितीय प्रतिभा शुरूमा दबिनुको कारण थियो– आमा बाबाको प्रस्तावलाई नाईँ भन्न नसक्नु ।

source ; HARISH BK

 

तपाईंको प्रतिकृया

सम्बन्धित समाचार

देशभर मनसुनी वायुको प्रभाव कायमै, आज यी पाँच प्रदेशमा भारी वर्षाको सम्भावना

त्रिभुवन विमानस्थलबाट वायुसेवा निगमका दुई जना कर्मचारी पक्राउ

आजबाट चौबिसै घण्टा खुल्न थाल्यो भक्तपुरको भाटभटेनी

आयल निगमले आज ग्यास नबाँड्ने, पायक पर्ने विक्रेताबाट किन्न अनुरोध

कुहिरोबाट पिउने पानी सङ्कलन गरेर वितरण

देउवाको उपस्थितिमा कांग्रेस का पार्टी को आज भेला हुने भयको छ|

भेरी नदीमा खसेको जिपसँगै बेपत्ता व्यक्तिहरूको खुल्यो पहिचान

रोल्पामा पहिरोले ६ घर गोठ पुरिँदा २ जनाको मृत्यु, २ जना घाइते

बर्डफ्लु नियन्त्रणमा भएसँगै अण्डा र मासुको खपत र मूल्य बढ्यो

गाँजा खान पैसा नभएपछि लमजुङमा ७५ वर्षीया वृद्धाको बीभत्स ह’त्या

रास्वपा सांसद ढकाल भन्छन्- सिंहदरबारको नाम फेरौं, अनामनगर दरबार राखौं

आइपिपीसँगको नयाँ सहमतिले प्राधिकरणलाई एक अर्बभन्दा बढी दायित्वको जोखिम

Most Read

‘मनिराम बा’ अब म्युजिक भिडियो निर्देशक (भिडियो सहित )

मोड्लिङमा भबिस्य खोज्दै सारा तामाङ

अब हाम्रो हैसियत अनुसार मन्त्रालय चाहिन्छ : प्रचण्ड

बिराज भट्टको कमव्याक जय पर्शुराम भोलि बाट नै चल्ने।

बिष्णु माझी र रोशन गैरेको आवाजमा निकै मार्मिक लोक दोहोरी गीत सार्वजनिक (भिडियो सहित )

बारबाट थाहा पाउनु होस् तपाईको प्रेम सम्बन्ध को सँग राम्रो को सँग नराम्रो………….

क्षेत्र बहादुर श्रेष्ठ अनिललाई राष्ट्रिय सभामा लैजाने प्रचण्डको प्रतिबद्धता

प्रचन्डको बुद्दी सात आठ बर्से बालिकाको जस्तै : ज्योतिसी पन्डित पुरुसोतम पौडेल (सुन्नुहोश )

स्थापना दिवस मनाउँदै नेपाल प्रहरी

हालसम्म आयोगले सोध्यो १५ स्पष्टीकरण

Tips Nepal Tv
  • rg
  • ap
  • prestige media

 

PMC TV NEPAL