प्रवास Wednesday, 15 Nov, 2017
Prestige Media

मलेसियामा नेपालीसहित ४४० अवैध आप्रवासी पक्राउ

कार्तिक २९, २०७४-मलेसियामा अवैध आप्रवासी कामदारविरुद्ध संचालन गरिएको खोजी अभियानमा नेपालीसहित ४४० आप्रवासी कामदार पक्राउ परेका छन् ।

अति व्यस्त पर्यटकीय क्षेत्र मानिने बुकित बिन्ताङको जलान आलोर र जलान चङ्कातमा मंगलबार प्रहरीले संचालन गरेको खोजी अभियानमा उनीहरु पक्राउ परेका मलेसियाली अंग्रेजी दैनिक ‘द सन डेली’ ले उल्लेख गरेको छ ।

अधिकारीहरुले उनीहरुसँग मलेसियामा बस्ने भिसा नभएको, भिसा नवीकरण नगरेको एवं भिसाको दुरुपयोग गरेको पाइएकाले पक्राउ गरिएको बताएका छन् । नेपाली समेत पक्राउ परेका बताइए पनि संख्याबारे केही उल्लेख गरिएको छैन । पक्राउ परेकाहरुलाई आवश्यक कानुनी प्रक्रियापछि उनीहरुकै मुलुक फर्काइने जनाइएको छ ।

सरकारले अवैध हैसियतमा रहेका आप्रवासीविरुद्ध खोजी अभियान चलाउँदै आएको छ । उसले अवैध अवस्थामा रहेका आप्रवासीलाई जरिवाना रकम तिरेर स्वदेश फिर्नसक्ने अवसरसमेत दिइरहेको छ । तर त्यस्ता कामदार उक्त अवसरको उपयोग नगरि लुकेर बसेको हुनसक्ने भन्दै उनीहरुविरुद्ध खोजी अभियान तीव्र पारेको छ ।

मंगलबार दिउँसो ४:३० बजेदेखि साँझ ७ सम्म संचालन गरिएको उक्त खोजी अभियानमा अध्यागमन विभागका साथै राष्ट्रिय दर्ता विभागलगायत विभिन्न सरकारी निकायका अधिकारीहरु सहभागी भएको स्थानीय संचारमाध्यमहरुले उल्लेख गरेका छन् ।

source; kantipur

तपाईंको प्रतिकृया

सम्बन्धित समाचार

आजको विदेशी मुद्रा विनिमयदर

किर्गिजस्तानका पूर्व राष्ट्रपतिलाई ११ वर्ष जेल

भोलि १ बजे सम्मका लागि प्रतिनिधि सभाको बैठक स्थागित

म्यानपावर व्यवसायीसँग ‘फ्री भिसा फ्री टिकट’मा कामदार पठाएको विवरण माग

राष्ट्रपति पौडेल स्वदेश फर्किए

पहिरो पन्छाएपछि खुल्यो पृथ्वी राजमार्ग

९ महिनामा भित्रियो १० खर्ब ८२ अर्ब रेमिट्यान्स

चीनद्वारा नेपाली नागरिकलाई भिसा निःशुल्क

अध्यागमनबाट निषेधित क्षेत्रमा जानेलाई अनलाइन रुट परमिट’ जारी

वैदेशिक रोजगार बोर्डको ‘सफ्टवेयर’ अझै केही दिन नचल्ने

नेपाल भारतको पर्यटन मेलामा सहभागी

विदेशी लगानीकर्ता नेपालमा लगानी गर्न चाहन्छन्ः अर्थमन्त्री महत

Most Read

‘मनिराम बा’ अब म्युजिक भिडियो निर्देशक (भिडियो सहित )

मोड्लिङमा भबिस्य खोज्दै सारा तामाङ

अब हाम्रो हैसियत अनुसार मन्त्रालय चाहिन्छ : प्रचण्ड

बिराज भट्टको कमव्याक जय पर्शुराम भोलि बाट नै चल्ने।

बारबाट थाहा पाउनु होस् तपाईको प्रेम सम्बन्ध को सँग राम्रो को सँग नराम्रो………….

बिष्णु माझी र रोशन गैरेको आवाजमा निकै मार्मिक लोक दोहोरी गीत सार्वजनिक (भिडियो सहित )

क्षेत्र बहादुर श्रेष्ठ अनिललाई राष्ट्रिय सभामा लैजाने प्रचण्डको प्रतिबद्धता

प्रचन्डको बुद्दी सात आठ बर्से बालिकाको जस्तै : ज्योतिसी पन्डित पुरुसोतम पौडेल (सुन्नुहोश )

स्थापना दिवस मनाउँदै नेपाल प्रहरी

हालसम्म आयोगले सोध्यो १५ स्पष्टीकरण

Tips Nepal Tv
  • rg
  • ap
  • prestige media

 

PMC TV NEPAL