Breaking News Tuesday, 31 Jan, 2017
Prestige Media

आचार्यको जुम्ली शब्दकोष प्रकाशोन्मुख अवस्थामा

जुम्ला, १८ माघ । कर्णालीकै ज्येष्ठ पत्रकार तथा खसिया आखर ‘जुम्ली शब्दकोष’ का सम्पादक रमानन्द आचार्यद्वारा लिखित जुम्ली शब्दकोष प्रकाशोन्मुख रहेको छ ।

विसं २०६५ मा खसिया आखर जुम्ला नामक संस्थाको स्थापना गरी जुम्ली शब्दकोष निर्माणका लागि शब्द सङ्कलनमा आठ वर्ष निरन्तर लाग्नुभएका सम्पादक आचार्यले हालसम्म १५ हजार शब्द सङ्कलन गरेको बताउनुभयो ।

सङ्कलित शब्दमध्ये ‘अ’ देखि ‘न’ वर्णसम्मका सबै शब्द कम्प्युटरकृत गरिसकेको र बाँकी ‘प’ देखि ‘ज्ञ’ सम्मका वर्णबाट आउने शब्द चार महिनाभित्र सक्ने लक्ष्य राखेको छु, उहाँले भन्नुभयो । उमेर ७३ नाघिसकेको बताउँदै उहाँले आफूले थालेको काम आफैँले सबैको माझ बेलैमा पस्केर जाने प्रतिबद्धता गर्नुभयो ।

कर्णाली भाषाको उद्गम थलो भएको र त्यसको राजधानी जुम्ला सिंजाको वास्तविक परिचय दिनलाई ‘जुम्ली शब्दकोष’ नाम राखेको बताउने आचार्यले शब्द सङ्कलन सबैभन्दा बढी हुम्ला जिल्लाबाट भएको जनाउनुभयो ।

त्यसैगरी, अछाम, बाजुरा, जाजरकोट, कालीकोट, मुगु र डोल्पाबाट शब्द सङ्कलन गरिएको उहाँले अवगत गराउनुभयो । शब्द सङ्कलनका लागि हुम्लाबाट चक्रबहादुर शाही, तारा शाही, गोर्खबहादुर बोगटी, बलबहादुर ऐडी, जुम्लाका तुङ्गानाथ उपाध्याय, दयादत्त हमाल, प्रकाशचन्द्र खत्री र हरिबाबु चौलागाईंले सहयोग पु¥याएको उहाँको भनाई थियो ।

उहाँले सुरुमा पाण्डुलिपि तयार गरी विषय विज्ञसम्म पु¥याउने र उहाँहरुबाट आएका सुझाव बमोजिम संशोधनसहितको परिमार्जित, परिस्कृत दोस्रो संस्करण प्रकाशन गर्ने जमर्को राख्नुभएको छ ।

सात सदस्यीय सम्पादन मण्डल गठन भएपनि काम एक्लैले गर्नुपरेका कारण झन्डै आठ वर्ष शब्दकोष तयार गर्न लागेको उहाँले बताउनुभयो । उहाँका अनुसार शब्दकोषले कर्णालीको सामाजिक, सांस्कृतिक, ऐतिहासिक र धार्मिक संस्कार र संस्कृति झल्काउँछ र यो सौरसेनी भाषा परिवारभित्र पर्दछ ।

आचार्यले शब्दकोष प्रकाशनका लागि जिविससंग रु १२ लाखको प्रस्ताव गर्नुभएको थियो । स्थानीय विकास अधिकारी हरिनारायण बेल्वासेले शब्दकोष प्रकाशनका लागि जतिसक्दो आवश्यक रकम जिल्ला विकास समिति जुम्लाले व्यहोर्ने बताउनुभयो ।

जीवनको उत्तरार्धमा नयाँ पुस्तालाई महत्वपूर्ण कोसेली छोड्न अहोरात्र खटिएर काम गरेको भन्दै स्थानीय विकास अधिकारी बेल्वासेले सम्पादक आचार्यलाई धन्यवाद ज्ञापन गर्नुभएको थियो । रासस

तपाईंको प्रतिकृया

सम्बन्धित समाचार

अर्जुननरसिंह केसीले गरे पदभार ग्रहण

काठमाडौं बिहान ८:३०देखि कर्फु

नेप्सेपरिसुचक ३००० माथि

आइसिसी क्रिकेट विश्वकप लिग-२: नेदरल्याण्ड्स सँगनेपालको रोमान्चक जित

आईपीएलले पायो नयाँ च्यामपियन रोयल च्यालेन्जर्स बैंग्लुर विजयी

प्रतिनिधिसभा बैठक भोलि ११ बजेसम्म स्थगित

जनता सडकमा आए एकै दिनमा गणतन्त्र समाप्त हुन्छ : अध्यक्ष लिङ्देन

राप्रपा वरिष्ठ उपाध्यक्ष मिश्रविरुद्ध ४ कसुरमा मुद्दा दर्ता

एयर डाइनेस्टीको हेलिकप्टर दुर्घटना, चार जनाको मृत्यु

ऊर्जा क्षेत्र विकासका लागि जलस्रोतमन्त्रीले गरे पूर्वसचिवहरूसँग छलफल

उपत्यकाका तीन वटै जिल्लामा बाढीको वितन्डा, सयौं घर डुबानमा

सौर्य एयरको विमान दुर्घटना, १९ यात्रुको मृत्यु

Most Read

‘मनिराम बा’ अब म्युजिक भिडियो निर्देशक (भिडियो सहित )

मोड्लिङमा भबिस्य खोज्दै सारा तामाङ

अब हाम्रो हैसियत अनुसार मन्त्रालय चाहिन्छ : प्रचण्ड

बिराज भट्टको कमव्याक जय पर्शुराम भोलि बाट नै चल्ने।

बारबाट थाहा पाउनु होस् तपाईको प्रेम सम्बन्ध को सँग राम्रो को सँग नराम्रो………….

बिष्णु माझी र रोशन गैरेको आवाजमा निकै मार्मिक लोक दोहोरी गीत सार्वजनिक (भिडियो सहित )

क्षेत्र बहादुर श्रेष्ठ अनिललाई राष्ट्रिय सभामा लैजाने प्रचण्डको प्रतिबद्धता

प्रचन्डको बुद्दी सात आठ बर्से बालिकाको जस्तै : ज्योतिसी पन्डित पुरुसोतम पौडेल (सुन्नुहोश )

स्थापना दिवस मनाउँदै नेपाल प्रहरी

हालसम्म आयोगले सोध्यो १५ स्पष्टीकरण

Tips Nepal Tv
  • rg
  • ap
  • prestige media

 

PMC TV NEPAL