Breaking News Monday, 30 Jan, 2017
Prestige Media

मदनकृष्णको पुस्तक चाँडै आउने

पोखरा, १७ माघ । बुकवर्म फाउन्डेसन र ¥यान्डम रिडर्स सोसाइटीको पहलमा फेवाताल किनारामा जारी छैटौँ संस्करणको साहित्य महोत्सवको आज अन्तिम दिन महजोडीको सफल साझेदारीका पाठहरू विषयमा छलफल गरिएको छ ।

खचाखच भरिएका सर्वसाधारणबीच मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्यले आफ्ना साझेदारीका अनुभूति पस्कँदा उपस्थित जो कोही अत्यन्त जिज्ञासाका साथ सुन्न लालयित देखिन्थे ।

छलफलको प्रारम्भमा नै आचार्यले आफूहरूको ३७ वर्षे सहयात्रा निरन्तर रुपमा बढेको बताउँदै सफल साझेदारीका पाठहरू विषयको सो छलफललाई आफूले स्याबासी समारोहका रुपमा लिएको टिप्पणी गर्नुभयो ।

साझेदारी सफल बन्नका लागि कसैको आलोचना भन्दा पनि उसका राम्रा कुराको खोजी आवश्यक हुनेमा जोड दिँदै आचार्यले भन्नुभयो, “मभन्दा धेरै राम्रा गुण मदन दाइमा छन्, उहाँसँग ९० प्रतिशत राम्रा कुरा छन्, मसँग त्यस्तै ५० प्रतिशत मात्र ।” आफ्नो सहयात्रालाई नेपाली दाजुभाइ दिदीबहिनीको आशीर्वादले झन्झन् गाढा बनाएको बताउँदै उहाँले मायासँगै प्राप्त सफलताले सामाजिक दायित्व पनि बढाएको उल्लेख गर्नुभयो ।

‘चिना हराएको मान्छे’ का लेखकले भन्नुभयो “किताब लेख्छु भनेर लेखेको होइन, श्रीमती बितेपछि आफ्नो पीडालाई कापीमा उतारेको हुँ ।”आचार्यले सुरुका दिन बिहान ६ बजेदेखि कार्यालय पुगेर काम गरेको जस्ता धेरै अनुभव दर्शकमाझ सुनाउनुभयो ।

कलाकार मदनकृष्ण श्रेष्ठले एकापसमा विश्वासका साथ सँगै हिँडेकै कारण आफूहरूको साझेदारी लामो समयसम्म सफलताका साथ बढेको धारणा व्यक्त गर्नुभयो । सुरु सुरुमा हास्यव्यङ्ग्यलाई हेय भावले हेरिने गरे पनि पछिल्ला समयमा यसको गरिमा र महत्व बढ्दै गएको जिकिर गर्नुभयो । उहाँले आध्यात्मिकता सबैमा आवश्यक हुनेमा जोड दिँदै राजनीतिज्ञमा पनि आध्यात्मिक भावना हुनुपर्ने बताउनुभयो ।

उहाँले आफ्नो पुस्तक चाँडै आउने विश्वास दिलाउनुभयो । दर्शकको उत्साहपूर्ण सहभागितामा भएको छलफलको अन्त्यमा कलाकार आचार्यले कुलमान घिसिङको प्रशंसाका साथ विद्युत् चोरी गर्ने गिरोहप्रति कटाक्ष गर्दै कवितासमेत सुनाउन भ्याउनुभएको थियो –“सानो मन भएका ठूलाठूला साहु, बिजुलीमा हुक हाली खानसम्म खाऊ ।” दर्शक मनोरञ्जन लिँदै निरन्तर ताली बजाइरहेका थिए ।

आचार्यले कविता पढेसँगै श्रेष्ठले पनि सुनाए, “हातमुख जोर्न काम धेरै गरियो, बाहुला है माथि सारेर, हाँसीमा हाँसी खुसी भई खाइयो पानीमा गुन्द्रुक तारेर, जतिकै दुःख हुँदामा पनि खाइएन कसैलाई मारेर ।”

गत शुक्रबार सुरु भई आजसम्म जारी महोत्सवका विभिन्न सत्रमा साहित्यकार, लेखक, राजनीतिज्ञ, समाजशास्त्री, कलाकर्मी र विचारकले विभिन्न विषयमा छलफल गरेका थिए । महोत्सवमा साहित्य, कला, चलचित्र, समाज, संस्कृति र राजनीतिसँग जोडिएका विभिन्न सत्र, पुस्तक विमोचन तथा साङ्गीतिक प्रस्तुति गरिएको थियो । रासस

तपाईंको प्रतिकृया

सम्बन्धित समाचार

देशभर मनसुनी वायुको प्रभाव कायमै, आज यी पाँच प्रदेशमा भारी वर्षाको सम्भावना

त्रिभुवन विमानस्थलबाट वायुसेवा निगमका दुई जना कर्मचारी पक्राउ

आजबाट चौबिसै घण्टा खुल्न थाल्यो भक्तपुरको भाटभटेनी

आयल निगमले आज ग्यास नबाँड्ने, पायक पर्ने विक्रेताबाट किन्न अनुरोध

कुहिरोबाट पिउने पानी सङ्कलन गरेर वितरण

देउवाको उपस्थितिमा कांग्रेस का पार्टी को आज भेला हुने भयको छ|

भेरी नदीमा खसेको जिपसँगै बेपत्ता व्यक्तिहरूको खुल्यो पहिचान

रोल्पामा पहिरोले ६ घर गोठ पुरिँदा २ जनाको मृत्यु, २ जना घाइते

बर्डफ्लु नियन्त्रणमा भएसँगै अण्डा र मासुको खपत र मूल्य बढ्यो

गाँजा खान पैसा नभएपछि लमजुङमा ७५ वर्षीया वृद्धाको बीभत्स ह’त्या

रास्वपा सांसद ढकाल भन्छन्- सिंहदरबारको नाम फेरौं, अनामनगर दरबार राखौं

आइपिपीसँगको नयाँ सहमतिले प्राधिकरणलाई एक अर्बभन्दा बढी दायित्वको जोखिम

Most Read

‘मनिराम बा’ अब म्युजिक भिडियो निर्देशक (भिडियो सहित )

मोड्लिङमा भबिस्य खोज्दै सारा तामाङ

अब हाम्रो हैसियत अनुसार मन्त्रालय चाहिन्छ : प्रचण्ड

बिराज भट्टको कमव्याक जय पर्शुराम भोलि बाट नै चल्ने।

बिष्णु माझी र रोशन गैरेको आवाजमा निकै मार्मिक लोक दोहोरी गीत सार्वजनिक (भिडियो सहित )

बारबाट थाहा पाउनु होस् तपाईको प्रेम सम्बन्ध को सँग राम्रो को सँग नराम्रो………….

क्षेत्र बहादुर श्रेष्ठ अनिललाई राष्ट्रिय सभामा लैजाने प्रचण्डको प्रतिबद्धता

प्रचन्डको बुद्दी सात आठ बर्से बालिकाको जस्तै : ज्योतिसी पन्डित पुरुसोतम पौडेल (सुन्नुहोश )

स्थापना दिवस मनाउँदै नेपाल प्रहरी

हालसम्म आयोगले सोध्यो १५ स्पष्टीकरण

Tips Nepal Tv
  • rg
  • ap
  • prestige media

 

PMC TV NEPAL