Breaking News Monday, 26 Dec, 2016
Prestige Media

छुट्टिएको १४ महिना पछि दाहाल र भट्टराईले एउटै मञ्चबाट भने: हामी अहिले पनि मिल्न चाहन्छौं

काठमाडौं- प्रधानमन्त्री पुष्पकमल दाहाल पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराई जीवनका तीन दशक कम्युनिष्ट आन्दोलमा सँगै विताए। दुवैले २५ बर्ष त माओवादी आन्दोलनका लागि एउटै कमिटीमा बसेर काम गरे। तर गत बर्ष असोज देखि दुवै अलग भएका छन्। २०७२ असोज ९ गते भट्टराईले तत्कालिन एनेकपा माओवादीबाट अलग भएको घोषणा गर्दै नयाँ शक्ति पार्टी गठन गरेका छन्। १० बर्ष लामो ‘जनयुद्ध’का योजनाकार रहेका यी दुई नेता अलग भएको १४ महिना पछि सोमबार एउटै मञ्चमा देखा परे।

दिवंगत सांसद भक्तिप्रसाद पाण्डेको जीवनयात्रा समेटीको पुस्तक ‘चाचा’ को दाहाल र भट्टराईले संयुक्तरुपमा लोकार्पण गरे। पाण्डे नेकपा माओवादी केन्द्रका सांसद थिए। उनको अघिल्लो महिना क्यान्सरका कारण निधन भएको थियो। ‘जनयुद्ध’ मा हतियार सप्लाईको भूमिका निभाएका पाण्डे दाहाल र भट्टराई दुवैका विश्वासिला मानिन्थे। उनकै कारण दुई नेता अलग भएको १४ महिना पछि एउटै मञ्चमा देखिएर आफुहरु एक हुन सक्ने संकेत दिए।

हामीसँगै नभएको भए जनयुद्ध सम्भव थिएन: प्रधानमन्त्री

प्रधानमन्त्री तथा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले आफु र भट्टराई एक अर्कालाई आरोपित गर्ने भन्दा पनि समिक्षा गर्नु पर्ने बताए। ‘२५ बर्ष एउटै कमिटीमा रहेर ३० बर्ष संगत भयो,’ दाहालले भने, ‘हामी एक अर्कालाई जति धेरै बुझ्छौं त्यो अरुले बुझ्न सक्दैनन् यसकारण आरोप प्रत्यारोप भन्दा पनि हामीबीच समिक्षा हुन जरुरी छ।’ भट्टराई र आफुसँगै नभएको भए जनयुद्ध सम्भव नहुने दहालले बताए। ‘हामीसँगै नभएको भए जनयुद्ध पनि सम्भव थिएन र युद्धको अन्त्य पनि असम्भव थियो’ प्रधानमन्त्रीले भने, ‘बाबुराम जी र म एक अर्काको जड होइन पुरक भएको प्रमाणित भएको छ।’

दाहालले विगतका कुरा समिक्षा गरेर एकै ठाउँमा ‘स्पेस’ खोज्न जरुरी भएको धारणा राखे। स्पेसको लागि पहल गर्न जरुरी भएको बताउँदै उनले भने, ‘देशको परिस्थितिले पनि हामीलाई एकै ठाउँमा आउन बाध्य बनाउँदै छ।’ हामी इमान्दार हौं भने फेरी एकै ठाउँमा उभिनु पर्ने दाहालको भनाई छ। भट्टराई र आफ्नो आफ्नै नजिककाहरुको कारणले पनि सम्वन्ध विगारेको दाहालले बताए। ‘नजिककाहरुबाट उहाँ पनि प्रभावित हुनु भयो म पनि भएँ’, दाहालले भने। आफु र भट्टराई अलग हुँदा परिवर्तन खतरामा परेको उनले बताए ।

प्रचण्ड र म जनयुद्धका पुरक: भट्टराई

कार्यक्रममा बोल्दै भट्टराईले दाहाल र आफु जनयुद्धको पुरक भएको बताए। तर यसलाई स्विकार गर्न हिच्किचाउने गरिएको उनले बताए। ‘हाम्रो पुरक भूमिका थियो तर यसलाई स्विकार गरिएन’, उनले भने, ‘हिजो पनि यसलाई उचालियो र आज पनि आफ्नो स्वार्थ अनुरुप भनिदै आएको छ।’

दाहालसँग आफ्नो अहिले पनि सौहार्दपूर्ण सम्वन्ध भएको बताउँदै उनले दुईबीच बैचारिक मत भिन्नता मात्र भएको स्पष्ट पारे। ‘अहिले पनि कमरेड प्रचण्डले भन्नु भयो, ‘तपाईले अलिकति हतार गर्नु भयो’, मैले भने, ‘म त्यहीँ भएको भए तपाईलाई गाह्रो पर्थ्यो, हाम्रो सम्वन्ध यस खालको छ’ भट्टराईले भने।

आफुहरु अहिले पनि मिल्न चाहेको भट्टराईले बताए।  ‘हामी अहिले पनि मिल्ल चाहन्छौ, भोली पनि मिल्न सक्छौं’, उनले भने ‘साथीहरु रुपान्तरण हुनु भयो भने भोली फेरी एकै ठाउँमा हुन सक्छौं।’ भट्टराईले नयाँ आधारमा रुपान्तरण सहित अघि बढ्न सकिने बताए ।  साभार नागरिक न्युज बाट ।

तपाईंको प्रतिकृया

सम्बन्धित समाचार

पश्चिमी र स्थानीय वायु प्रभाव कायमै, आज सातै प्रदेशमा वर्षाको सम्भावना

सेती प्रादेशिक अस्पतालमा अक्सिजन सिलिन्डर पड्किंदा स्कारपियोमा आगलागी

विश्वकप लिग-२ मा आज अमेरिकासँग भिड्दै नेपाल

बाख्रा चराउन गएकी महिलालाई कुटपिट गरी सुन लुटपाट

पश्चिमी र स्थानीय वायुको प्रभाव कायमै, आज यी ६ प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना

बडिमालिका जाने पर्यटक बढे (तस्वीरहरू)

एमाले सुदूरपश्चिम संसदीय दलको विवाद साम्य, रावलले गरे आत्मालोचना

‘मोबाइल’को निउँमा भनाभन हुँदा युवकको हत्या

धादिङको बैरेनीमा तीन वटा सवारी साधन एकापसमा ठोक्किँदा ३७ जना घाइते

राष्ट्रिय प्रकृति संरक्षण कोष अध्यक्षको जिम्मेवारी वनमन्त्रीलाई

आज यी स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा

स्तानबुलबाट काठमाडौं आएको टर्किस एयरलाइन्सको जहाजमा आगो देखियो

Most Read

‘मनिराम बा’ अब म्युजिक भिडियो निर्देशक (भिडियो सहित )

मोड्लिङमा भबिस्य खोज्दै सारा तामाङ

अब हाम्रो हैसियत अनुसार मन्त्रालय चाहिन्छ : प्रचण्ड

बिराज भट्टको कमव्याक जय पर्शुराम भोलि बाट नै चल्ने।

बारबाट थाहा पाउनु होस् तपाईको प्रेम सम्बन्ध को सँग राम्रो को सँग नराम्रो………….

बिष्णु माझी र रोशन गैरेको आवाजमा निकै मार्मिक लोक दोहोरी गीत सार्वजनिक (भिडियो सहित )

क्षेत्र बहादुर श्रेष्ठ अनिललाई राष्ट्रिय सभामा लैजाने प्रचण्डको प्रतिबद्धता

प्रचन्डको बुद्दी सात आठ बर्से बालिकाको जस्तै : ज्योतिसी पन्डित पुरुसोतम पौडेल (सुन्नुहोश )

स्थापना दिवस मनाउँदै नेपाल प्रहरी

हालसम्म आयोगले सोध्यो १५ स्पष्टीकरण

Tips Nepal Tv
  • rg
  • ap
  • prestige media

 

PMC TV NEPAL