Breaking News Tuesday, 15 Nov, 2016
Prestige Media

राप्रपा एकता मंसिर ६ गते

•लक्ष्य हिन्दू राष्ट्र नेपाल निर्माण •माघभित्र महाधिवेशन गर्ने

कार्तिक ३०, २०७३- पटक पटक तयारी भएर भाँडिएको दुई राप्रपा एकीकरण मंसिर ६ गते गर्ने टुंगो लागेको छ।

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा), नेपालका अध्यक्ष कमल थापा र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष पशुपति शमसेर जबराबीच पार्टी एकीकरणसम्बन्धी सम्झौतापत्रमा मंगलबार बिहान हस्ताक्षर भएको छ ।

पार्टी एकताको घोषणा मंसिर ६ गते गर्ने सम्झौतापत्रमा उल्लेख छ । एकीकृत पार्टीको महाधिवेशन आगामी माघभित्र सम्पन्न गर्ने तय भएको छ ।

संयुक्त बैठकले दुवै पार्टीद्वारा गठित वार्ता टोलीले पेस गरेको राप्रपा नेपाल र राप्रपाबीचको एकीकरणसम्बन्धि नीति तथा अवधारणालाई अनुमोदन गरेको छ । बैठकले महाधिवेशन नभएसम्मका लागि अन्तरिम विधान पनि अनुमोदन गरेको छ ।

पार्टी एकतापछि पार्टीको नाम राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) रहनेछ भने पार्टी अध्यक्ष तथा संसदीय दलका नेता कमल थापा र राष्ट्रिय अध्यक्ष पशुपति शमसेर जबरा हुनेछन् ।

पुष्पकमल दाहाल सरकार बन्नुअघि नै राप्रपा एकताको तयारी भए पनि अन्तिम समयमा भाँडिएको थियो । एकता नभएपछि राप्रपा दुई मन्त्रीसहित सरकारमा गएको थियो भने राप्रपा नेपाल विपक्षमा बसेको छ ।

संसदमा राप्रपा नेपालका २५ र राप्रपाका १३ सांसद छन् ।आजको कान्तिपुरमा खबर छ । 

तपाईंको प्रतिकृया

सम्बन्धित समाचार

पश्चिमी र स्थानीय वायु प्रभाव कायमै, आज सातै प्रदेशमा वर्षाको सम्भावना

सेती प्रादेशिक अस्पतालमा अक्सिजन सिलिन्डर पड्किंदा स्कारपियोमा आगलागी

विश्वकप लिग-२ मा आज अमेरिकासँग भिड्दै नेपाल

बाख्रा चराउन गएकी महिलालाई कुटपिट गरी सुन लुटपाट

पश्चिमी र स्थानीय वायुको प्रभाव कायमै, आज यी ६ प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना

बडिमालिका जाने पर्यटक बढे (तस्वीरहरू)

एमाले सुदूरपश्चिम संसदीय दलको विवाद साम्य, रावलले गरे आत्मालोचना

‘मोबाइल’को निउँमा भनाभन हुँदा युवकको हत्या

धादिङको बैरेनीमा तीन वटा सवारी साधन एकापसमा ठोक्किँदा ३७ जना घाइते

राष्ट्रिय प्रकृति संरक्षण कोष अध्यक्षको जिम्मेवारी वनमन्त्रीलाई

आज यी स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा

स्तानबुलबाट काठमाडौं आएको टर्किस एयरलाइन्सको जहाजमा आगो देखियो

Most Read

‘मनिराम बा’ अब म्युजिक भिडियो निर्देशक (भिडियो सहित )

मोड्लिङमा भबिस्य खोज्दै सारा तामाङ

अब हाम्रो हैसियत अनुसार मन्त्रालय चाहिन्छ : प्रचण्ड

बिराज भट्टको कमव्याक जय पर्शुराम भोलि बाट नै चल्ने।

बारबाट थाहा पाउनु होस् तपाईको प्रेम सम्बन्ध को सँग राम्रो को सँग नराम्रो………….

बिष्णु माझी र रोशन गैरेको आवाजमा निकै मार्मिक लोक दोहोरी गीत सार्वजनिक (भिडियो सहित )

क्षेत्र बहादुर श्रेष्ठ अनिललाई राष्ट्रिय सभामा लैजाने प्रचण्डको प्रतिबद्धता

प्रचन्डको बुद्दी सात आठ बर्से बालिकाको जस्तै : ज्योतिसी पन्डित पुरुसोतम पौडेल (सुन्नुहोश )

स्थापना दिवस मनाउँदै नेपाल प्रहरी

हालसम्म आयोगले सोध्यो १५ स्पष्टीकरण

Tips Nepal Tv
  • rg
  • ap
  • prestige media

 

PMC TV NEPAL